News Portal

    माथिल्लो त्रिशूली ‘थ्री ए’को उत्पादन बैशाखदेखि, दोस्रो युनिट असारबाट

    हिमाली संचार संवाददाता
    ४१५ पटक

    काठमाडौं, ५ चैत : नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाखभित्र आउने भएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको बैठकले पहिलो युनिटबाट १७ वैशाखभित्रमा विद्युत् उत्पादन सुरु गर्ने निर्णय गरेको हो ।

    ‘पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असारबाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन, विभिन्न समस्या झेल्दै आएको आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको निरन्तरको प्रयासबाट सम्पन्न हुने अवस्थामा पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

    ‘यसबाट एकातर्फ काठमाडौं उपत्यकाबाट नजिक रहेकाले यहाँको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजना योगदान महत्वपूर्ण रहेको छ भने अर्कोतर्फ त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ ।’ ६० मेगावाटको आयोजनामा ३०/३० मेगावाटका दुईवटा युनिटहरु रहेका छन् ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षामान पुनले केहीअघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका थिए ।

    शुक्रबारबाट आयोजनाको बालुवा थिग्रयाउने पोखरीभन्दा बाहिर रहेका बाँध, त्यहाँ रहेका गेट लगायतका संरचनाको परीक्षण भइरहेको छ । यो काम ११ चैत्रभित्र सक्ने समय तालिका तय गरिएको छ ।

    त्यसपछि २ वैशाखसम्म बालुवा थिग्रयाउने पोखरी, मुख्य सुरुङ, लगायतका संरचनाको ड्राई तथा बेट टेष्ट गरिने छ । २ वैशाखपछि विद्युत गृहमा रहेको जेनेरेटर लगायतका उपकहरणरु, पानी निकास सुरुङको ड्राई तथा बेट टेष्ट सम्पन्न गरी १७ वैशाखबाट पहिलो युनिटबाट विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए ।

    ‘अहिले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको जडान र परीक्षण गर्ने काम भइरहेको छ, जोशीले भने । ‘प्रसारणलाइन पनि १७ वैशाख अगाडि नै तयार पार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं ।

    आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्टि्रक कर्पोरेसनले गरिरहेको छ । मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । कम्पनीसँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

    कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज -सिजिजिसी) सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।

    जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद १६ असार २०७३सम्म थपिएको थियो ।

    भुकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भुकम्प र पहिरोले काबु बाहिरको परिस्थिति -फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ सम्म थप गरेको थियो । भूकम्प र पहिरोले बाँध स्थलको दायाँ-बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

    धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको...

    एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

    काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट...

    गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

    महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र...

    सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

    काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच...

    भक्तपुरमा दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिए

    भक्तपुर, असार ३ – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित खोरिया गणेशस्थान मन्दिर नजिकैको धान खेतमा एक...