News Portal

सञ्चारकर्मीलाई प्रधानमन्त्री कार्यालयमा राेक

हिमाली संचार संवाददाता
४२२ पटक

चैत ४, काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समाचार संकलनका लागि आएका केही पत्रकारलाई प्रवेशमा रोक लगाएको छ। समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने सञ्चारकर्मीलाई सुरक्षाकर्मीले पार्किङ क्षेत्रबाटै प्रवेश निषेध गरेका हुन।

माथिको आदेश भन्दै सुरक्षाकर्मीले पत्रकारलाई गेट बाहिरै रोक्ने गरेको छ। मिडिया हाउस तथा सूचना तथा सञ्चार विभागले प्रदान गरेको परिचयपत्र देखाउँदा समेत भित्र छिर्न दिइएको छैन।

समाचार संकलनका लागि भित्र छिर्नुपर्ने जानकारी गराई पत्रकार परिचय पत्र देखाउँदा समेत अनुमति लिएको अथवा माथिबाटै आदेश हुनुपर्ने भन्दै पत्रकारलाई गेट बाहिरै रोक्ने गरिएको छ। तर, कानुन व्यवसायीलाई निषेध गरिएको छैन।

‘हामी रिपोर्टिङका लागि गएका थियौं। तर प्रधानमन्त्री कार्यालयका सुरक्षाकर्मीले भित्र जान दिएनन प्रधानमन्त्री कार्यालयबाट फर्काइएका एक पत्रकारले गुनासो गरेको नागरिकमा खबर छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...