News Portal

  • प्रधानमन्त्रीको आलोचना गरको भन्दै एक युवती पक्राउ, उनले प्रधानमन्त्रीलाई के भनेकी थिइन ?

    हिमाली संचार संवाददाता
    ३६८ पटक

    एजेन्सी, ढाका : बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा सरकारी अधिकारीहरुले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनले प्रधानमन्त्री हसिनाले फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

    मानहानीको अभियोगमा उनको भनाइले सम्पूर्ण देशलाई नै हतोत्साहित गरेको आरोप लगाइएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । उनलाई शनिबार बंगलादेशी अदालतले धरौटीको अवसर प्रदान नगरी जेल पठाएको उनका वकिलले बताएका छन् । मानवअधिकार समुदायले हसिना सरकारले कडा कानुन प्रयोग गरेको भनेर सरकारको आलोचना गर्दै आइरहेका छन् ।

    किरोनले हालैको एक टीभी अन्तर्वार्तामा प्रधानमन्त्रीले क्रिकेटमा मात्रै ध्यान दिएको र फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटमा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै व्यक्तिगत फाइदाका लागि उनले क्रिकेटलाई साथ दिएको तर फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

    उनीमाथि लगाइएको अभियोगमा खेलकुद मन पराउने प्रधानमन्त्रीलाई यस्तो आरोप लगाउँदा देशलाई नै हतोत्साहित बनाउने जीकिर गरिएको छ । यसैबीच उता मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ। शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन्।

    यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ। यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ। शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन्।

    यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हुँदै गएको सरोकारवालाको भनाइ छ। सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन्।

    पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उनले बताएका छन्। उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ। मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुँदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् हो बताए। पत्रकार हत्याको यस घटनाप्रति उनले दुःख व्यक्त गरे।

    पत्रकार स्यान्टियागोलाई गत शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो। सो प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पुर्‍याएको भएपनि बाटोमै मृत्यु भएको बताइएको छ । उनी ४७ वर्षका थिए। ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा आएका थिए। ती व्यक्तिले पत्रकारको ढोका ढकढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो।

    पत्रकार स्यान्टियागो सो नगरमा लागूऔषधको अवैध ओसार पसार गर्ने गिरोहका विरुद्धमा समाचार ‘स्टोरी’हरु गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन् । उनीहरुका अनुसार ती पत्रकारको हत्यामा पति यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्दछ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन। प्रहरीले हत्याको अनुसन्धान थालिएको बताएको छ।

    यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो। ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन।

    प्रतिकृया दिनुहोस्

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर...

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal