News Portal

  • वुुवाको मृत्युु भएपछि ३ नावालकको बिचल्ली

    हिमाली संचार संवाददाता
    ३९१ पटक
    रबिन्द्र बराल, मोरङ

    चैत्र ४ साेमबार : मोरङ रंगेली नगरपालिका–७ का तिन नावालकको वुुवाको मृत्युु भएपछि बिचल्ली भएको छ । मजदुुरी गरेर जिवनयापन गर्दै आएका २५ वर्षिय दिपक महत्तोको मृत्यु भएपछि उनका नावालक तिन छोरीको बिचल्ली भएको हो । सो परिवारको सम्पतीको नाममा १५ धुुर जग्गामा भएको फुुसको घर मात्रैै छ ।

    रंगेली नगरपालिका–७ आर्दशटोल घर भएका दिपक लामो समयदेखि विरामी थिए । उनका वुुवा कारी महत्तोले चटपटि विक्रि गरेर ६ जना परिवार गुजारा चलाई रहेको थिए । दिपकलाई सानै उमेरमा रोग लागेपछि चटपटि विक्रि गरेर कमाएको पैसा सवै उपचारकालागी खर्च गर्ने गर्दथ्ये । एकमात्र छोराको उपचारकालागी कारीले कुुनै कसर वाकि नराखेको सुुनाए । दिपकले पनि हाट वजारमा चटपटि विक्रि गर्न गर्दथ्ये । दिपक विरामी भएर थला परेपछि उनकी श्रीमतीले मेहनत मजदुुर गरेर उपचार खर्च जुुटाउदै आईरहेकि थिन ।

    एकतिर गरिवी त्यसमाथी एकमात्र जवान छोराको मृत्युु भएपछि ७० वर्षिय कारी महत्तोको परिवारमा वज्रपातनै खसेको छ । जिवनभर चटपटि विक्रि गरे अव वुुढेसकालमा नातिनीहरुलाई कसरी पाल्ने के गर्ने समस्याले पिरलेको उनले सुुनाए । श्रीमानको मृत्युु संगै खान लाउन समस्या भइरहेको अवस्थामा नावालक छोरीलाई कसरी पालनपोषणगर्ने चिन्ताले आफुुलाई सताउने गरेको दिपकी श्रीमती रंजना महत्तोले वताईन । उनले नावालक छोरीको विचल्लि भएको भन्दै सहयोगका लागी आग्रह समेत गर्नुु भएको छ ।

    उनका ६ वर्ष चार वर्ष र डेढवर्षका नावालक छोरी छन । एक हप्ता अघि मृत्युभएका दिपकको परिवारको विचल्लि देखेर सद्भाव वचत तथा ऋण सहकारी संस्था रंगेलीले २५ केजी चामल, ५ केजी भुुजा, ३ केजी चिउरा तथा ५ लिटर तेल लगायत खाद्यन्न परिवारलाई सहयोग गरेको छ ।

    स्थानिय समाजसेवी सिशुुपाल यादवले उक्त समुुदायमा गरिने तिन दिनको तेरातमा लाग्ने खर्च सहयोग गर्नुु भएको थियो। गरिविका कारण परिवारको अवस्था नाजुुक भएपछि दिपककी श्रीमती र उनका परिवारले रंगेली नगरपालिका तथा स्थानिय राजनितिकदल तथा नागरिका समाज, उधोगी व्यवसायी तथा विभिन्न संघसंस्थालाई समेत सहयोगका लागी आग्रह गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...