News Portal

नेपाली विमानलाई युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

हिमाली संचार संवाददाता
४६१ पटक

काठमाडौँ : नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ अधिकारीसँग आज त्यस्तो अनुरोध गर्नुभएको हो ।

मन्त्री ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला पाम्पाओलिनीसँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालले नागरिक उड्डयन सुरक्षाका कुनै पनि विषयमा सम्झौता नगरेको र त्यसप्रति अति संवेदनशील रहेको बताउनुभयो ।

नेपालको विकासको भरपर्दो साझेदार युरोपेली सङ्घलाई कृषि, पर्यटन, ऊर्जाका क्षेत्रमा लगानी गर्न सङ्घका सदस्य देशका लगानीकर्तालाई आह्वान गर्दै मन्त्री ज्ञवालीले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा अधिकाधिक युरोपेली उद्यमी–व्यवसायीलाई सहभागिताका निम्ति अभिप्रेरित गर्न आग्रह गर्नुभयो। (रासस)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...