News Portal

सिन्धुपाल्चोकको निर्माण व्यावसायी संघमा मेयरका छोरा र वडाध्यक्षबीच प्रतिस्पर्धा

हिमाली संचार संवाददाता
५१८ पटक

चैत ३, सिन्धुपाल्चोक : निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकको अधिवेशनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङका छोरा छत्र तामाङ र वडानं २ का वडाअध्यक्ष दीपेन्द्र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

चैत ८ गते चौतारामा हुने अधिवेशनका लागि दुबैले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । जनप्रतिनिधि नै ठेक्कापट्टामा लागेको भनी आलोचना भइरहेका बेला मेयरका छोरा र वडाअध्यक्षबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।

मेयर पुत्र छत्र तामाङले नेकपा समर्थित प्यानलबाट र वडा अध्यक्ष दीपेन्द्र थापाले कांग्रेस र राप्रपालगायतअन्य साना दलहरुको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

तामाङ अघिल्लो अधिवेशनमा वर्तमान अध्यक्ष निलध्वज थापासँग पराजित भएका थिए । थापा दुई कार्यकालदेखि संघको सदस्य छन् । थापालाई पूर्वअध्यक्षहरु धर्मराज भण्डारी, हेमबहादुर बुढाथोकी र वर्तमान अध्यक्ष निलध्वज थापाको समर्थन छ । तामाङलाई वर्तमान उपाध्यक्ष एवं नेकपा जिल्ला सदस्य इन्द्र नेपाल, पूर्वसचिव श्यामकृष्ण श्रेष्ठलगायतका व्यवसायीको समर्थन छ ।

आफू अहिले वडा अध्यक्ष भए पनि निर्माण व्यवसायी संघमा लामो समयदेखि क्रियाशील भएकाले संघको निर्वाचनमा भाग लिएको अध्यक्षका प्रत्यासी थापाले बताए । निर्माण व्यवसायीको अध्यक्षमा निर्वाचित भएपछि दुवै संस्थालाई फरक फरक रुपमा लैजाने थापाले बताए ।

अध्यक्षका अर्का उम्मेदवार मेयरपुत्र तामाङले पनि आफू लामो समयदेखि यही क्षेत्रमा क्रियाशील रहेकाले नेतृत्वमा पुगेर संघलाई व्यवस्थित गर्ने बताए । प्रथम उपाध्यक्षमा प्रभातमान श्रेष्ठ र सगुन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...