News Portal

पत्रकारमाथि आक्रमणमा संलग्नलाई पक्राउको माग गर्दै र्‍याली

हिमाली संचार संवाददाता
४१९ पटक

चैत ३, सर्लाही : पत्रकार सोम दियालीमाथि साङ्घातिक आक्रमण गर्नेहरुलाई पक्राउगरी कानुनी कारवाही गर्न माग गर्दै आइतवार सर्लाही सदरमुकाम मलङ्गवामा दबाब र्‍याली निकालिएको छ ।  सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत पत्रकार दियालीमाथि आक्रमण भएको एक महिना भन्दा बढी समय भैसक्दा समेत घटनामा संलग्नहरु पक्राउ नगरेपछि नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा दोषीलाई पक्राउको माग गर्दै र्‍याली निकालिएको हो ।

र्‍यालीपश्चात जिल्ला प्रशासन कार्यालय मलङ्गवाको मुलद्धारमा पुगेका सञ्चारकर्मीले त्यहाँ केहीबेर धर्ना समेत दिएका थिए । पत्रकार दियालीमाथि गत माघ २९ गते हरिवनस्थित सुखेपोखरी मन्दिर नजिकको एक चिया पसलमा आक्रमण भएको थियो । उनलाई चिया पिउन बोलाउने हरिवन नगरपालिका–११ का २० वर्षीय इरफान देवानलाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो ।

उनलाई घटनामा संलग्न कसुरदार ठहर्‍याइए पनि थुनामै राखेर कारवाही गर्नुपर्ने कसुर नदेखिएको भन्दै सर्लाही जिल्ला अदालतले फागुन २९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि तीन लाख ५० हजार धरौटी बुझाएर उनी फागुन ३० गते छुटिसकेका छन् ।

देवानले पटक–पटक फोन गरेर बोलाएको ठाउँ सुखेपोखरी जाँदा पत्रकार दियालीमाथि आक्रमण भएको हो । आक्रमणमा संलग्न बागमती नगरपालिका–१ का समिर गुरुङ र हरिवन नगरपालिका–९ का भीमप्रसाद रेग्मी अझै फरार छन् । उनीहरुलाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ । प्रहरीले उनीहरुको खोजी भैरहेको जनाएको छ ।

आक्रमणबाट अनुहारमा गहिरो चोट लागेका दियालीको तीन वटा दाँत समेत फेर्नु परेको छ । घटनामा संलग्न भीमप्रसाद रेग्मीले केही दिनअघि फेसबुकमार्फत फेरि आक्रमणको धम्की दिएका पत्रकार दियालीले बताए। उनले समाचार लेखेकै कारण आफूमाथि आक्रमण भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...