News Portal

  • राजपाले आज पनि गर्‍यो संसद अवरुद्ध

    हिमाली संचार संवाददाता
    ३३३ पटक

    चैत ३, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको बताएका छन् । संसदमा उभिएर बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘आज बडो दुर्भाग्य भयो, हामीले संसद बैठक अवरुद्ध गर्नुपर्‍यो ।

    पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने सांसद कर्णले बताए । टीकापुरलगायत तराई मधेसमा भएका आन्दोलनको घटनाको छानबिन गर्न गठित उक्त आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको छैन ।

    आन्दोलनमा कोही दोषी हो कि होइन भन्ने विषय राज्यले बनाएको आयोगबाट थाहा हुने भन्दै कर्णले भने ‘पटक पटक यो गलतफहमी किन ? उनले थपे ‘सम्पूर्ण आन्दोलनको मुद्दा फिर्ता हुन्छ, तर दुर्भाग्य छ, हामी मधेसी र थारुको मुद्दा समझमा आउँदैन ?

    यसअघि गत बुधबार पनि राजपाले संसद बैठक अवरुद्ध गरेको थियो । उक्त बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म सार्वजनिक भएको छैन । सांसद कर्णले सरकारले सार्वभौम संसदलाई समेत नटेरेको भन्दै आक्रोश पोखे ।

    ‘यो संसद मातहत सरकार हो कि होइन सभामुख महोदय ? संसदले बनाएको सरकार हो र संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि, संसदको निर्देशनलाई पनि नमान्ने ?’ उनले भने । आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै सभामुख कृष्णबहादुर महराले राजपा सांसदलाई बस्नका लागि अनुरोध गर्दा पनि उनीहरुले बस्न नमानेपछि बैठक १० मिनेटका लागि स्थगन गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...