News Portal

पत्रकार महासंघ र वडाअध्यक्षको साँठगाँठमा विज्ञप्ती

हिमाली संचार संवाददाता
४२९ पटक

चैत ३, नेपालगन्ज : नेपाल पत्रकार महासंघका केही पदाधिकारीको मिलेमतोमा खजुरा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तीलकवीर सुनारले फेरी पनि दादागिरी र हचुवाको भरमा बिज्ञप्ती सार्वजनिक गर्दै आफ्नो गल्ती ढाकछोप र्गे प्रयास गरेका छन् । वडाअध्यक्ष सुनारको गलत आचरण र नियमतका विरूद्ध निरन्तर सञ्चारमाध्यममा समाचार आएपछि उनको संरक्षणमा पत्रकार महासंघका बाँेकस्थित केही पदाधिकारीहरू भरिया बनेर लागिरहेको खुलासा भएको छ ।

वडाध्यक्ष सुनार नेतृत्वको वडा नं. ४ बाट सेवाग्राहीले सुधिा नपाएको समाचार आएपछि आक्रोशित सुनारले खजुराकै फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिलाई लगाएर पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच दिनअघि धम्की दिएका थिए ।

उक्त धम्कीपछि बाँकेका पत्रकारहरू निरन्तर समाचार सम्पे्रषण र जीउज्यानको सुरक्षाको प्रत्याभूतिका लागि बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलसँग माग गरिरहेका बेला महासंघकै पदाधिकारीले अपराधजन्य कार्यमा संलग्न भएको महशुस भईरहेका वडाध्यक्ष सुनारलाई बोकेर आफूखुशी विज्ञप्ती तयारी गरी विवाद मिलेको भन्दै अध्यक्ष सुनारको संरक्षणमा उभिएको खुुल्न आएको छ ।

महासंघका वर्तमान तथा पूर्व केही पदाधिकारी र वडाध्यक्ष सुनारको आन्तरिक सहमतिमा निकालिएको उक्त बिज्ञप्ती बाँकेमा सक्रियरूपमा कार्यरत जो औला काट्ने धम्कीबाट त्रसित छन् उनीहरूलाई मान्य नहुने पत्रकारहरूले बताएका छन् । धम्की आएको चार दिनसम्म उदासीन नेपाल पत्रकार महासंघ बाँके र यसका पदाधिकारीहरू चारदिन यता अध्यक्ष सुनारसँगको साँठगाँठ र आर्थिक प्रलोभभनमा पर्दै उक्त घटना साम्य पार्ने काममा सक्रिय भइरहेका छन् ।

पत्रकारका औला काट्ने भनी आएको धम्कीप्रति इन्सेक र राष्ट्रिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षण भइरहेको बेला महासंघका केही पदाधिकारीले दोषीलाई संरक्षण गर्नुले बाँकेका पत्रकार अपराध कार्यमा संलग्नहरूसँग भन्दा पनि पत्रकार महासंघकै पदाधिकारीबाट असुरक्षित महशुस गर्दै आउनुपर्ने अवस्था देखिएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...