News Portal

पक्राउ परेनन् ‘कठ्लिन कृष्ण किरण’

हिमाली संचार संवाददाता
५०६ पटक

चैत्र ३, नेपालगन्ज : समाचार लेखेकै कारण बाँकेका समग्र ‘पत्रकारका औला काटेर कुुकुरलाई खुावउने’ भनि धम्की दिने खजुरा गाउँपालिकाका एक व्यक्ति शनिबार साँझसम्म पनि पक्राउ परेका छैनन्। जनप्रतिनिधीकै आडमा यसरी धम्की आएपछि नेपालगन्जका क्रियाशिल पत्रकारले उक्त धम्कीप्रति आपत्ति जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेल यसरी फेसबुकबाटै पत्रकारका औला काट्ने धम्की दिने व्यक्तिको खोजी भईरहेको बताएका छन् ।

खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तीलकवीर सुनार निकटका फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत चार दिनअघि धम्की दिएका थिए ।

वडाअध्यक्ष सुनारले वडापालिकाबाट दिनुपर्ने सिफारिस कानून विपरित रोक्न खोजेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि ती व्यक्तिले वडाध्यक्ष सुनारको आडमा सामाजिक सञ्जालमा यस्तो धम्की दिएका हुन् । अपरिचित ती व्यक्तिले मुखमा समातेर ब्लेडले काटेर रगत निकालिदिने धम्कीसमेत दिएका थिए ।

उनले तिलकवीर सुनारको प्रतिक्रियामा जवाफ दिँदै लेखेका थिए, ‘दाजु भन्नु मात्र अन्धो भएर समाचार प्रकाशन गर्ने को हो ? लेख्नेको हातको औला काटेर कुकुरलाई खुलाइदिन्छु । त्यस्तालाई मुखमा समातेर ब्लेडले काटेर रगत निकाल्न मन छ । त्यस्ता खातेहरूलाई ठाडो चुनौती छ ।’उनको यो प्रतिक्रियाले वडाध्यक्ष सुनारको सहायतामा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्ति अपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको आशंका गर्न सकिन्छ ।

‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले वडाध्यक्षको इसारामा कुनै पनि पत्रकारमाथि आक्रमण गर्न सक्ने सामाजिक सञ्जालमा आएको यो प्रतिक्रियाले थप आशंका बढाएको छ । अध्यक्ष सुनारले स्थानीय तहले आम नागरिकका लागि पायक पर्ने स्थानमा केन्द्र नराखेर आफ्नो घर नजिकै वडापालिकाको केन्द्र राखेका छन् । उनले शनिबारसम्म पनि उक्त कार्यालय पायकपर्ने ठाउँमा सारेका छैनन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...