News Portal

पक्राउ परेनन् ‘कठ्लिन कृष्ण किरण’

हिमाली संचार संवाददाता
४६६ पटक

चैत्र ३, नेपालगन्ज : समाचार लेखेकै कारण बाँकेका समग्र ‘पत्रकारका औला काटेर कुुकुरलाई खुावउने’ भनि धम्की दिने खजुरा गाउँपालिकाका एक व्यक्ति शनिबार साँझसम्म पनि पक्राउ परेका छैनन्। जनप्रतिनिधीकै आडमा यसरी धम्की आएपछि नेपालगन्जका क्रियाशिल पत्रकारले उक्त धम्कीप्रति आपत्ति जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेल यसरी फेसबुकबाटै पत्रकारका औला काट्ने धम्की दिने व्यक्तिको खोजी भईरहेको बताएका छन् ।

खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तीलकवीर सुनार निकटका फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत चार दिनअघि धम्की दिएका थिए ।

वडाअध्यक्ष सुनारले वडापालिकाबाट दिनुपर्ने सिफारिस कानून विपरित रोक्न खोजेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि ती व्यक्तिले वडाध्यक्ष सुनारको आडमा सामाजिक सञ्जालमा यस्तो धम्की दिएका हुन् । अपरिचित ती व्यक्तिले मुखमा समातेर ब्लेडले काटेर रगत निकालिदिने धम्कीसमेत दिएका थिए ।

उनले तिलकवीर सुनारको प्रतिक्रियामा जवाफ दिँदै लेखेका थिए, ‘दाजु भन्नु मात्र अन्धो भएर समाचार प्रकाशन गर्ने को हो ? लेख्नेको हातको औला काटेर कुकुरलाई खुलाइदिन्छु । त्यस्तालाई मुखमा समातेर ब्लेडले काटेर रगत निकाल्न मन छ । त्यस्ता खातेहरूलाई ठाडो चुनौती छ ।’उनको यो प्रतिक्रियाले वडाध्यक्ष सुनारको सहायतामा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्ति अपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको आशंका गर्न सकिन्छ ।

‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले वडाध्यक्षको इसारामा कुनै पनि पत्रकारमाथि आक्रमण गर्न सक्ने सामाजिक सञ्जालमा आएको यो प्रतिक्रियाले थप आशंका बढाएको छ । अध्यक्ष सुनारले स्थानीय तहले आम नागरिकका लागि पायक पर्ने स्थानमा केन्द्र नराखेर आफ्नो घर नजिकै वडापालिकाको केन्द्र राखेका छन् । उनले शनिबारसम्म पनि उक्त कार्यालय पायकपर्ने ठाउँमा सारेका छैनन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...