News Portal

सल्यानका नेकपा जनप्रतिनीनिधीको कुपिण्डे ताल किनारमा भेला

हिमाली संचार संवाददाता
३९२ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत २, शनिबार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ८ मा रहेको कुपिण्डे तालमा जनप्रतिनीधीहरुको भेलाले कुपिण्डे ताल संरक्षणको लागि एकेबद्धता जनाएका छन् । सल्यानको ७ वटा स्थानीय तहका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र सदस्यहरुको भेलाको आयोजना बनगाड कुपिण्डे नगरपालिकाले गरेको थियो ।

जनप्रतिनीधिले पुरिदै गएको सल्यानको चिनारि र सम्पदाको संरक्षणमा आ आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता सहित २ वुद्धे निर्णय भएको छ । २ वर्षे कार्यकाल सकीदै गर्दा आ आफ्ना क्षेत्रमा भए गरेका प्रगती र समस्याको विषमा वृहत छलफल समेत चलाएको थियो । अव बाँकी कार्यकालमा विकासका काममा एकता,समानता, आपसि सल्लाहा गरेरे सल्यानको विकासको लागि पहल कदमी गर्ने समेत जनाएका छन् । विकासको काममा कहि कतै भेदभाव नगरि एकमतका साथ अघि वढ्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमारको पुनको अध्यक्षतामा भएको कार्यक्रममा बाग्चौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकि,दार्मा गाउँपालिका अध्यक्ष निमवहादुर के.सी.,कपुरकोट गाउँपालिका अध्यक्ष तथा राष्ट्रिय गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम वहादुर सेन,सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रवहादुर चलाउने,कुमाख गाउँपालिका अध्यक्ष दिलमाया वुढामगर लगाएतका वक्ताहरुले कुपिण्डे संरक्षणका विषमा चिन्ता व्यक्तm गर्नु भएको थियो ।

स्थानीय तहका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र सदस्यहरु गरि ६० भन्दा वढि जनप्रतिनीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय गाउँपालिका महासंघ कर्णाली प्रदेशका प्रशासकिय अधिकृत विमल पोख्रेलले स्थानीय तहमा हुने सवै खाले कामकाजका विषमा र कानुनी पाटाका वारेमा प्रशिक्षण समेत दिनु भएको थियो ।

ताल किनारमा भएको भलाले कुपिण्डे संरक्षणका विषयमा ठोष निर्णय गर्नुका साथै बैसाख महिनाको प्रत्येक शनिबार प्रत्येक स्थानीय तहमा गएर वैठक आयोजना गर्ने समेत जनाएको छ । उक्त वैठकले आ-आफ्नो क्षेत्रमा हुने गरेका प्रत्येक गतिवीधिको बारेमा अनुभव साटासाट गर्ने जनाएको छ । संरक्षण लगाएत ताल प्रचार प्रसारको लागि समेत यो भेलाको आयोजना गरिएको आयोजक बनगाड कुपिण्डे नगरपालिका प्रमुख पुनले वताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...