News Portal

  • गाउँपालिकाले मनोमानी गरेको भन्दै नेपाली कांग्रेस सिम्ताले गर्‍यो विरोध सभा

    हिमाली संचार संवाददाता
    ७२३ पटक

    चैत २, सिम्ता : पुर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा नेपाली कांग्रेसले आज (शनिबार) विरोध प्रर्दशन गरेको छ । दुई तिहाईको वर्तमान सरकारले गरेको अचाक्ली मुल्यबृद्धी, भ्रष्ट्रचार, कर बृद्धि, मुलुकमा भैरहेको बलात्कार लगायतका विरुद्धमा प्रर्दशन गरेको हो ।

    बिरोध सभा स्थानीय गोजी बजार हुदै जामुनेबजार लिसीडाँडा हुदै जामुनेबजार स्थित पिपल चौतारीमा परिक्रम गरी कोण सभामा परिणत भएको थियो। कार्यक्रमममा नेपाली कांग्रेस सुर्खेतका पार्टी उपसभापति टेक बहादुर सिहंले सिम्ता सरकार जनता प्रति उत्तरदायी हुन नसकेको ठोकुवा गर्नुभयो ।

    उहाँले नेपाली कांग्रेस विकास विरोधी नभएको भन्दै आफुले गरेको निर्णयको अक्षरस पालना गर्न सिम्ता सरकारलाई आग्रह गर्नुभयो । उहाँले राकममा बस्दै आएका बादी समुदायलाई घर निर्माणमा रोकेको भन्दै सुकुम्बासीहरुलाई यथास्थानमा घर बनाउने वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो ।

    उहाँले सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले गएको फाल्गुन २४ गते नारी दिवस मनाउने विषयमा अपरिपक्कताका साथ न्याय दिने ठाउँमा आफै हुदाँपनी वडाध्यक्ष र शिक्षक बिरुद्ध दिएको उजुरी लज्जास्पत भएको टिप्पनी गर्नुभयो ।

    कार्यक्रममा क्षेत्रिय सभापति खड्क पोखरेलले सिम्ता सरकार काम भन्दा पनि कुरा गरेर समय खर्च गरिरहेको आरोप लगाउँनुभयो। उहाँले विभिन्न किसिमका निति बाउने बजेट खर्च गर्ने तर कार्यान्वयन नगर्ने भन्दै त्यसका बिरुद्धमा पनि आफुहरु सडकमा उत्रिन बाध्य भएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा जिल्ला कार्यसमितिका सदस्य वीरेन्द्र रावतले सिम्ता सरकारले सत्ताको चरम दुरुपयोग गर्दै मनपरी ढंगले आफु निकटका मान्छेलाई योजना दिएको आरोप लगाउनुभयो । उहाँले वडा नं ४ का बालिका रेखा खड्काको बलात्कार पछि भएको हत्याको छानविन गर्न पनि सरकारसंग माग गर्नुभएको छ।

    कार्यक्रममा नेपाल प्रेस युनियन सुर्खेतका सचिव मधुवन विसीले कम्युनिष्ट सरकारले जनतालाई न्याय दिन नसकेको भन्दै जनताको सेवामा लाग्न नेता तथा कार्यकतालाई आग्रह गर्नुभयो ।

    यस्तै विरोध सभामा क्षेत्रिय कार्यसमिति सदस्य खेमराज सोनीले सम्बृद्ध सिम्ता सुःखी सिम्तालीको नारा घन्काएको सिम्ता सरकार नारामा मात्रै सिमित रहेको आरोप लगाउँनुभयो। यहाँका दलित, जनजाति उत्पीडितहरुको पक्षमा कुनै हित हुने योजना बनाएको उल्टै आफ्ना नजिकका नातेदारलाई योजना बनाउने जिम्मा दिएको बताउनुभयो ।

    कार्यक्रममा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता बिक्की बादी, साविक डाँडाखाली गाविस सभापति चेत बहादुर रेग्मी लगायतकाले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा सिम्ता गउँपािलकाका ९ वटै वडाका सभापति लगायत स्थानीय बासिन्दाको बाक्लो सहभागिता रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...