News Portal

सरकारले आफना माग ब्यवास्था गरे सडक आन्दोलन गर्ने राप्रपा संयुक्तको चेतावनी

हिमाली संचार संवाददाता
३८३ पटक
सुशील सिंह

चैत २, सुर्खेत : राप्रपा संयुक्तले सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यनव्ययन गर्नुको सट्टा आन्तरिक किचलो र भागबण्डाको राजनीतिमा रमाइ रहेको आरोप लगाएको छ । आज राप्रपा संयुक्त कर्णाली प्रदेश कार्य समिति सुर्खेतले कर्णाली प्रदेशको बिरेन्द्रनगरमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा राप्रपा ले यस्तो बताएको हो ।

अब देशले खोजेको समृद्धी र नेपालीले खोजेको उन्नती,प्रगती र समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने आधारहरु दिन प्रतिदिन हराउदै गएको राप्रपा संयुक्त कर्णाली प्रदेश कार्य समिति सुर्खेतका अध्यक्ष कबिराम पुरीले बताउनुभयो । यस्तै उहाँले अहिलेको राजनितिक घटना क्रम कुहिरोमा काग हराए जस्तै भएको आरोप समेत लगाउनुभयो ।

हामी पूर्ण धार्मिक स्वतन्त्रता सहितको सर्बधर्म सापेक्ष सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको छौ । राप्रपा संयुक्तका केन्दीय सदस्य समेत रहनुभएका पुरीले शान्तीपूर्ण आन्दोलनबाट हाम्रा मागहरु सरकारले पुरा नगरे राप्रपा संयुक्त सडक आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो ,हाम्रो पार्टी अहिले शान्तीपूर्ण आन्दोलनमा छ शान्तीपूर्ण आन्दोलनबाट हाम्रा मागहरु सरकारले पुरा नगरे राप्रपा संयुक्त सडक आन्दोलन गर्न पनी तयार रहेको छ ।

सिके राउत जस्ता बिखण्डनकारीलाई माफी दिनु सरकारको कमजोरी !

सिके राउत जस्ता बिखण्डनकारीलाई सरकारले आम माफी दिनु सरकारले गल्ती गरेको राप्रपा संयुक्त कर्णाली प्रदेशका संयोजक दिप बां शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, देशलाई बिखण्डनमा पु¥याउन उद्त रहेका सिके रावतलाई माफी दिनु र सरकारमा ल्याउनु कति सम्म हो । यस्तै नेकपा बिप्लपलाई लगाएको प्रतिबन्ध पनी सोहाद्रपुर्ण नभएको पनी राप्रपाले बताएको छ ।

केपी ओली सरकारले जम्मै भ्रष्टाचार, लुट बलात्कार गर्ने काम गरेको राप्रपा संयुक्तको आरोप !

नेपाली जनताले बाम गठबन्धनलाई बिश्वास र भरोसा गरेकै कारण राजनितिक इतिहासको कालखण्डमा दुई तिहाईको बहुमत प्रदान गरेर स्थिर सरकार निर्माणमा पु¥याएको योगदानको कदर गर्न नसकेको पनी संयोजक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, दुई तिहाई प्राप्त सरकारबाट नेपाली जनताले प्राप्त गर्ने भनेको आर्थिक त्रान्ति, भौतिक बिकासको क्षेत्रमा नयाँ क्रान्ति,शिक्षा स्वास्थ्य,रोजगार जस्ता तमाम क्षेत्रमा नयाँ सुरुवाती गर्नूपर्ने हो ।

तर बिडम्वनाका साथ भन्नुपर्दा नेपालको संबिधान २०७२ अनुसारको निर्बाचन प्रक्रियाबाट आएको केपी ओली सरकारले नेपाली राजनितिको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार, बलात्कारी, तस्करी, लुट र हत्या जस्ता कार्यहरु गरीरहेको छ । उहाँले फेरी भन्नुभयो यति मात्र होइन एउटा राजनितिक खेमालाई जंगल पठाउने र नेपाली जनतालाई फेरी त्रसित बनाउने कार्य गरेको छ ।

यहि चैत्र ४ गते जवरा र लोहनी बिरेन्द्रनगर आउने 

पार्टीका अगुवा नेता तथा कार्यकर्ता भेलालार्ई सम्बोधन गर्न लागी राप्रपा संयुक्र पार्टीका केन्दी्रय अध्यक्ष पशुपति शमशेर जवरा र डा. प्रकाश चन्द लोहनी यही चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी बिदेन्द्रनगरमा आउने राप्रपा संयुक्त कर्णाली प्रदेश कार्य समिति सुर्खेतले जनाएको छ ।

४ गते बिहान ठिक ११ बजे कार्यक्रमको उद्धघाटन हुने राजपा संयुक्तले जनाएको छ । उक्त कार्यक्रममा ५ सय भन्दा बढीको उपस्थिति रहने पनी संयोजक शाहीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...