News Portal

सरकारले आफना माग ब्यवास्था गरे सडक आन्दोलन गर्ने राप्रपा संयुक्तको चेतावनी

हिमाली संचार संवाददाता
४३५ पटक
सुशील सिंह

चैत २, सुर्खेत : राप्रपा संयुक्तले सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यनव्ययन गर्नुको सट्टा आन्तरिक किचलो र भागबण्डाको राजनीतिमा रमाइ रहेको आरोप लगाएको छ । आज राप्रपा संयुक्त कर्णाली प्रदेश कार्य समिति सुर्खेतले कर्णाली प्रदेशको बिरेन्द्रनगरमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा राप्रपा ले यस्तो बताएको हो ।

अब देशले खोजेको समृद्धी र नेपालीले खोजेको उन्नती,प्रगती र समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने आधारहरु दिन प्रतिदिन हराउदै गएको राप्रपा संयुक्त कर्णाली प्रदेश कार्य समिति सुर्खेतका अध्यक्ष कबिराम पुरीले बताउनुभयो । यस्तै उहाँले अहिलेको राजनितिक घटना क्रम कुहिरोमा काग हराए जस्तै भएको आरोप समेत लगाउनुभयो ।

हामी पूर्ण धार्मिक स्वतन्त्रता सहितको सर्बधर्म सापेक्ष सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको छौ । राप्रपा संयुक्तका केन्दीय सदस्य समेत रहनुभएका पुरीले शान्तीपूर्ण आन्दोलनबाट हाम्रा मागहरु सरकारले पुरा नगरे राप्रपा संयुक्त सडक आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो ,हाम्रो पार्टी अहिले शान्तीपूर्ण आन्दोलनमा छ शान्तीपूर्ण आन्दोलनबाट हाम्रा मागहरु सरकारले पुरा नगरे राप्रपा संयुक्त सडक आन्दोलन गर्न पनी तयार रहेको छ ।

सिके राउत जस्ता बिखण्डनकारीलाई माफी दिनु सरकारको कमजोरी !

सिके राउत जस्ता बिखण्डनकारीलाई सरकारले आम माफी दिनु सरकारले गल्ती गरेको राप्रपा संयुक्त कर्णाली प्रदेशका संयोजक दिप बां शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, देशलाई बिखण्डनमा पु¥याउन उद्त रहेका सिके रावतलाई माफी दिनु र सरकारमा ल्याउनु कति सम्म हो । यस्तै नेकपा बिप्लपलाई लगाएको प्रतिबन्ध पनी सोहाद्रपुर्ण नभएको पनी राप्रपाले बताएको छ ।

केपी ओली सरकारले जम्मै भ्रष्टाचार, लुट बलात्कार गर्ने काम गरेको राप्रपा संयुक्तको आरोप !

नेपाली जनताले बाम गठबन्धनलाई बिश्वास र भरोसा गरेकै कारण राजनितिक इतिहासको कालखण्डमा दुई तिहाईको बहुमत प्रदान गरेर स्थिर सरकार निर्माणमा पु¥याएको योगदानको कदर गर्न नसकेको पनी संयोजक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, दुई तिहाई प्राप्त सरकारबाट नेपाली जनताले प्राप्त गर्ने भनेको आर्थिक त्रान्ति, भौतिक बिकासको क्षेत्रमा नयाँ क्रान्ति,शिक्षा स्वास्थ्य,रोजगार जस्ता तमाम क्षेत्रमा नयाँ सुरुवाती गर्नूपर्ने हो ।

तर बिडम्वनाका साथ भन्नुपर्दा नेपालको संबिधान २०७२ अनुसारको निर्बाचन प्रक्रियाबाट आएको केपी ओली सरकारले नेपाली राजनितिको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार, बलात्कारी, तस्करी, लुट र हत्या जस्ता कार्यहरु गरीरहेको छ । उहाँले फेरी भन्नुभयो यति मात्र होइन एउटा राजनितिक खेमालाई जंगल पठाउने र नेपाली जनतालाई फेरी त्रसित बनाउने कार्य गरेको छ ।

यहि चैत्र ४ गते जवरा र लोहनी बिरेन्द्रनगर आउने 

पार्टीका अगुवा नेता तथा कार्यकर्ता भेलालार्ई सम्बोधन गर्न लागी राप्रपा संयुक्र पार्टीका केन्दी्रय अध्यक्ष पशुपति शमशेर जवरा र डा. प्रकाश चन्द लोहनी यही चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी बिदेन्द्रनगरमा आउने राप्रपा संयुक्त कर्णाली प्रदेश कार्य समिति सुर्खेतले जनाएको छ ।

४ गते बिहान ठिक ११ बजे कार्यक्रमको उद्धघाटन हुने राजपा संयुक्तले जनाएको छ । उक्त कार्यक्रममा ५ सय भन्दा बढीको उपस्थिति रहने पनी संयोजक शाहीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...