News Portal

कांग्रेस नेता खाँण भन्छन् – विप्लवलाई निषेध गरिहाल्ने अवस्था थिएन !

हिमाली संचार संवाददाता
३७९ पटक

बुटवल २, चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमाथि निषेधको राजनीति गरेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा कांग्रेस प्रमुख सचेतक खाँणले, सरकारले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताए ।

विप्लवको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन गम्भीर बन्नुपर्ने बताउँदै उनले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिए । उनले विप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गरे । मुलुकले फेरि अर्को द्वन्द्व थेग्न नसक्ने उनले उताए ।

सिके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको भन्दै उनले राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने प्रष्ट पारे । संविधानमा नभएका कुराहरुमा पनि सरकारले प्रतिवद्धता गरेजस्तो सहमतिका बुँदामा रहेको बताए ।

सरकार र सिके राउतको धारणा समान आउनुपर्ने खाँणले माग गरे । सहमतिको अर्को दिन सिके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि आशंकाहरु बढेको उनले उल्लेख गरे ।
प्रदेश ५ को राजधानीबारे प्रदेशसभाले छिटो टुंगो लगाउनुपर्ने पनि उनले जोड दिए ।

गौतमबुद्धको जन्मस्थल, अन्तराष्ट्रिय विमानस्थल र अन्य पुर्वाधारका हिसाबले पूर्ववर्ती सरकारले गरेको निर्णयअनुसार रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनु पर्ने उनको भनाइ छ ।

सत्तारुढ दल नेकपाका नेताहरुले संसदीय व्यवस्थाप्रति बेलाबेलामा अनास्था प्रकट गरेका र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले पनि संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको कुरा गरेको तर्फ इंगित गर्दै खाँणले संसदीय व्यवस्थाले सबै विविधतालाई सम्बोधन गर्ने प्रष्ट पारे ।

एकदलीय व्यवस्था वा सर्वसत्तावादी चरित्रले मुलुक लामो समय चलाउन नसकिने उनले प्रष्ट पारे। उनले नेपाली कांग्रेसले सदनमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरिरहेको दाबीसमेत गरे ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...