News Portal

निशुल्क आर्युवेद स्वास्थ्य शिवीरमा चेकजाँच गराउनेको घुईचो

हिमाली संचार संवाददाता
५८८ पटक

सल्यान २, चैत : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज(शनिबार) निशुल्क आर्युवेद स्वास्थ्य शिवीर कार्यक्रमको आयोजना गरिएको छ । बनगाड कुपिण्डेका विभिन्न वडाहरुबाट वृद्धा, महिला, पुरुष, बालबालिकाहरु उपचारको लागि शिवीरमा आएका छन् ।

शिवीरमा दम,खोकि,स्त्री रोग,वाथ रोग,नसा,पुरोनो भन्दा पुरोनो रोगहरुको उपचार हुने स्वाथ्य निर्देशक तथा उद्घाटन कार्यक्रमका अध्यक्ष विनोद आचार्यले जानकारि दिनु भएको छ । आर्युवेद स्वास्थ्य शिवीरका प्रमुख अथिती बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले आर्युवेद तथा उलोपेथिक विधीलाई प्रयोग गर्दा स्वच्छता हुने जनाउनु भएको छ ।

अत्यधिक विषादी प्रयोगले नगरवासिको मावन स्वाथ्यमा खतरा पैदा भएकोले विषादी युक्त चिजको प्रयोग कम गर्न आफ्नो नगरवासिलाई उहाँले आग्रह गर्नु भएको छ । शिवीरमा विहान १० वजे सम्म १ सय ५० वढिले स्वाथ्य चेकजाँचको लागि नाम दर्ता गराएका छन् । शिविरमा डाक्टर रविन भुषाल, प्रकास यादव, शंकर रिजाल र रोवीन भुषाल लगाएतका विशषज्ञहरुको टालिले निशुल्क नागरिकको स्वास्थ्य उपचार गर्ने जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालीकाको समन्वयमा प्रदेश सरकार समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकारको आयोजनमा कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम एक दिन मात्रै सञ्चालन हुने वताएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...