News Portal

बिप्लवलाई बदनाम गराउन कैलालीमा जन्तीबस जलाएको हल्ला

हिमाली संचार संवाददाता
३४६ पटक

चैत १, काठमाडौं : विद्रोही नेकपाले अओजना गरेको बिहीबारको नेपाल बन्दको दिन दिउसोको समयमा केहि अनलाइनहरुले एउटा समाचार प्रकाशन गरे । समाचारको शीर्षक थियो – ‘कैलालीमा विप्लवका कार्यकर्ताले जन्ती बस लगाए !

केहिबेरमै उक्त् समाचार भाइरल बन्यो । सामाजिक सञ्जालमा केहि मान्छेहरुले नेकपा कार्यकर्ताहरुको आलोचना पनि गरे । बन्दको दिन एम्बुलेन्स, दमकल, पानी, दुग्ध पदार्थलगायत अत्यावश्यक सवारीसाधनलाई भने नेकपाले निर्बाध रूपमा चलाउन दिइरहेको थियो ।

१ हप्ताअघि नै नेपाल बन्दको सूचना विज्ञप्तिमार्फत सार्वजनिक गरेको नेकपाले बिहिबार देश ठप्प पार्दा अबज्ञा गरेर सवारीसाधन चलाउनेमाथि भने धेरै ठाउँमा कारवाही गरेको जनाएको छ ।

कैलालीमा जन्ती बस जलेको समाचार आएपछि हामीले नेपाल कम्युनिस्ट पार्टी कैलालीसँग सम्पर्क गर्ने प्रयास गर्यौं । सोहि क्रममा नेकपा कैलालीले जन्ती बोकेको बस आफ्नो पार्टीले नजलाएको स्पष्ट पारेको छ । तर ३ दिनअघि नै विवाहको जन्तीमा अप्रयोग भएको र बिहिबार नियमित नम्बर लिएर बन्द अबज्ञा गर्दै गइरहेको बसलाई भने कारबाही गरिएको जानकारी नेकपा कैलालीका इन्चार्ज विवेक कुमालले दिएका छन् ।

उनले भने, ‘हामीले सबै जाँच गर्दा नम्बर लिएर चलेको पाइएपछि कारबाही गरिएको हो । जन्ती बस होइन । बरु दुई दिनअघि नै जन्ती छोडेर आएको भन्ने देखिएको छ ।’ उनले पार्टीलाई बदनाम गराउने उदेश्यले बाहिर गरिएको हल्ला गलत भएको प्रष्ट पारेका छन् ।

यस्तो हल्ला र भ्रामक समाचारले नझुक्किन पनि उनले सबैमा आग्रह गरेका छन् भने सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आम मिडियाकर्मीहरुलाई उनले अनुरोध पनि गरेका छन् ।

बिहिबार बन्द अबज्ञा गरेर सन्चालन गरिएका दर्जनौं गाडीहरुमाथि नेकपाले कारवाही गरेको बुझिएको छ । नेकपाले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै कैलालीकै बडैपुरमा एक यात्रुवाहक बसमाथि आगो लगाइएको थियो । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसबाट यात्रुहरु बाहिर निकालेर आगो लगाइएको प्रत्यक्षदर्शीले बताएका थिए ।

राज्य आतंकको बिरुद्ध बिहिबार १ दिनका लागि गरिएको नेपाल बन्द भब्यरुपमा सफल भएको नेकपाले निष्कर्ष निकालेको छ । बिहिबार साँझ नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै ओली सरकारको ज्यादतीबिरुद्ध आव्हान गरिएको बन्दमा साथ दिने सबै पक्षलाई धन्यवाद दिएका छन् ।

साथै ओली-बादल कम्पनीले लगाएको प्रतिबन्ध पानीको फोकाजस्तै फुटेर जाने बताएका पनि उनले छन् । महासचिव विप्लवले आमहडतालसहितको १ दिने नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताएका छन् ।

“हामीले इमानदार र कुशलताका साथ ती अवरोधहरूलाई पन्छाउँदै आएका छौँ । यही क्रममा यो दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।” महासचिव विप्लवले भनेका छन् ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11250

सरकारले आफ्नो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि आफ्नो पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले सरकारले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने प्रस्टपारेका छन् ।

‘’हाम्रो पार्टीका विरुद्धमा केही समयदेखि केपी एन्ड बादल कम्पनीले देशैभरि भीषण दमन चलाइराखेको छ । जनताको घरमा छापामार्ने, कुटपिट गर्ने, यति मात्र नभएर गोलीसम्म हान्न पुगेको छ । उसको यस्तो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ- ”यस्तो अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले उसले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने गर्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लड्दै गर्दा कैयौँ अवरोधहरू आउने गर्छन् ।

विप्लवले बिगतका आन्दोलनमा विगतमा झैँ सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर केपी–बादल कम्पनीले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न एक भएर आन्दोलनमा उत्रिन पनि अपिल गरेका छान्।

विज्ञप्ति यस्तो छ :

‘हाम्रो पार्टीका विरुद्धमा केही समयदेखि केपी एन्ड बादल कम्पनीले देशैभरि भीषण दमन चलाइराखेको छ । जनताको घरमा छापामार्ने, कुटपिट गर्ने, यति मात्र नभएर गोलीसम्म हान्न पुगेको छ । उसको यस्तो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको छ ।
यस्तो अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले उसले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने गर्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लड्दै गर्दा कैयौँ अवरोधहरू आउने गर्छन् । हामीले इमानदार र कुशलताका साथ ती अवरोधहरूलाई पन्छाउँदै आएका छौँ । यही क्रममा यो दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।
यही क्रममा हाम्रो पार्टीले आज आयोजना गरेको बन्दसहितको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल भएको छ । हाम्रो यो आन्दोलनमा विगतमा झैँ सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद व्यक्त गरिन्छ ।
साथै सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर केपी–बादल कम्पनीले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न एक भएर आन्दोलनमा उत्रिन पनि अपिल गर्दछौँ । उक्त आन्दोलनमा हाम्रो पार्टी काँधमा काँध, हातमा हात मिलाएर अघि बढ्न तयार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...