News Portal

पत्रकारलाई समाचार नलेख्न दिल्लीबाट वडाध्यक्ष तीलकबीरका डनले दिए धम्की

हिमाली संचार संवाददाता
५३६ पटक

चैत १, नेपालगन्ज : खजुरा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तीलकवीर सुनारले दिल्लीबाट समेत टेलिफोन गर्न लगाएर समाचार नलेख्न धम्की दिएका छन् । वडाध्यक्ष सुनारले दिल्लीमा रहेका आफ्ना एक समर्थकलाई टेलिफोन गर्न लगाई नेपालगन्जका पत्रकारलाई आफ्नाविरूद्ध समाचार नलेख्न उर्दी जारी गर्न लगाएको खुलेको छ ।

अध्यक्ष सुनारले एक स्थानीयलाई वडा कार्यालयबाट पाउने सेवा सुविधा नदिएको, वडा कार्यालय पायक पर्ने ठाउँमा नभई आफ्नो घर नजिक राखेको लगायतका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए ।

समाचार प्रकाशनमा आएपछि फेसबुकमार्फत आधुनिक युवा सञ्जालका सदस्यलाई लगाएर समाचार लेख्ने पत्रकारको औला काटेर कुकुरलाई खुवाइदिने धम्की दिएका सुनारले पछिल्लो समय भारतको दिल्लीबाट समेत टेलिफोन गर्न लगाई पत्रकारमाथि आक्रमणको प्रयास गरिरहेका छन् ।

राती १२ बजे सुतिरहेका बेला भारतको दिल्लीबाट फोन गर्न लगाएर वडाध्यक्ष सुनारले पत्रकारलाई त्रसित बनाइरहेका छन् । वडाध्यक्ष सुनारको निर्देशन र आडमा दिल्लीमा रहेको भनिएका सुनारका रञ्जित भनिन् एकजना साथीलाई फोनवार्ता गर्न लगाएको पत्रकार गोविन्द आचार्यले बताए ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11201

उक्त टेलिफोन वार्तामा आइन्दा वडाध्यक्ष सुनारका बिषयमा यसको विरूद्ध कुनै पनि समाचार नलेख्न चेतावनी दिँदै यदि लेख्न परेको अध्यक्षको अनुमतिमा मात्रै लेख्न भनिएको पत्रकार आचार्य बताउँछन् । सरकारले प्रतिबन्ध लगाएकै बेला वडापालिकाको विकासका निहुँमा रोलर खरिद गरी व्यक्तिगत आम्दानी गरिरहेका अध्यक्ष सुनारको दादागिरी रवैयाले उक्त वडाबासी हारथाक भइसकेका छन् ।

अध्यक्ष सुनारले पाखुरीको बल र दुई चार जना डनहरूको सहयोगमा नेपालगन्जका पत्रकारदेखि गाउँपालिकाकै जनप्रतिनिधिलाई समेत धम्काउँदै आएका छन् । केही दिनअघि वडाध्यक्षको दागिरीले सेवाग्राही सेवाबाट बञ्चित शिर्षकको समाचार प्रकाशित भएपछि सुनारको आडमा खजुराकै डन भनिने कठ्लिन कृष्ण किरण नामक युवाले फेसबुकमा औला काट्ने धम्की दिएका थिए ।

यसैगरी कोहलपुरका कुशल जैशीले पनि समाचार लेख्न पत्रकारलाई ठिक गर्ने भन्दै फेसबकमा कमेन्ट गरि धम्की दिएका छन् । वडाध्यक्ष सुनारले शुक्रबारसम्म वडापालिकाको कायाृलय पायक पर्ने स्थानमा सार्न चासो देखाएका छैनन् । वडाबासीको माग वडा कार्यालय पायक पर्ने ठाउँमा सार्नुपर्ने माग शुक्रबार पनि कायमै छ ।

पटकपटक विवादमा आइरहेका वडाध्यक्ष सुनारले नेकपा खजुरा गाउँपालकाका पाटी अध्यक्ष राजकुमार विकलाई टेलिफोन गरी आफूले पार्टी संगठन र वडाअध्यक्षबाटै राजीनामा दिने र डनगिरीका माध्यमबाट सबैलाई ठिक पार्ने धम्कीसमेत दिएको खुलासा भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...