News Portal

पूर्वमन्त्री तामाङविरुद्ध कारण देखाउ आदेश जारी

हिमाली संचार संवाददाता
४८८ पटक

चैत १, सिन्धुपाल्चोक : उच्च अदालत पाटनले प्रतिनिधसभाका सांसद शेरबहादुर तामाङविरुद्ध कारण देखाउ आदेश जारी गरेको उज्यालोमा खबर छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्व कानुनमन्त्री समेत रहेका तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको र सूचना माग गर्दा लुकाएकाले उहाँमाथि पत्रकार निरोज चौलागाँईले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।

सूचना किन लुकाइएको तथा लुकाउनु पर्ने कारण भए त्याे खुलाइ १५ दिनभित्र जवाफ पेश गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो। न्यायधीश नरेन्द्रकुमार शिवाकोटीको एकल इजलासले सूचना लुकाउने तामाङलाई समेत अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।

सांसद तामाङले नियमविपरीत सांसद विकास कोषको बजेट वितरण गरेको भेटिएकाले त्यसको यथार्थ विवरण माग गर्दा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ र जिल्ला समन्वय समितिका सूचना अधिकारी युगबहादुर खड्काले समेत सूचना नदिएको पत्रकार चौलागाईँले बताउनुभयो ।

सांसद विकास कोषको बजेटबाट २० वटाभन्दा बढी योजनामा रकम वितरण गर्न नपाउने भए पनि सांसद तामाङले २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको भेटिएको थियो ।

नियमअनुसार सांसदले खर्च गर्न पाउने कार्य क्षेत्रबाहिर हुनेगरी २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको र सूचना दिन हेलचेक्र्याँइ गरेकाले अदालतसम्म जानु परेको चौलागाँई बताउनुहुन्छ । निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भूनाथ योगी र योगेन्द्र अधिकारीले बहस गरिरहनु भएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...