News Portal

वडाध्यक्षको मोटरसाइकल अज्ञात समूहद्धारा आगजनी

हिमाली संचार संवाददाता
६२६ पटक

चैत १, डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी भएको हो। घरमै पार्किङ गरेको मोटरसाइकलमा आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए ।

सो मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको थियो । मोटरसाइकलको नम्बर से ७ प ३६९० भए पनि नम्बर प्लेट समेत राखिएको थिएन ।

अध्यक्ष बिष्टले आगजनी गर्ने कसैमाथि शंका नभएको बताएपछि प्रहरीलाई अनुसन्धानमा चुनौती भएको छ । विप्लव समूहले बिहीबार आह्वान गरेको नेपाल बन्दको दिन पनि नवदुर्गा गाउँपालिकामा दिनभर यातायातका साधन सञ्चालनमा आएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...