News Portal

परराष्ट्रको गल्ती सेलाउन नपाउँदै दिल्ली दूतावासको विज्ञप्तिमा प्रधानमन्त्रीलाई राष्ट्रपति सम्बोधन

हिमाली संचार संवाददाता
३८६ पटक

देवेन्द्र भट्टराई/काठमाडौँ : दिल्लीस्थित नेपाली दूतावासले आफ्नो पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गरिएको छ ।

नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुधबार बुझाएको ओहोदाको प्रमारणपत्र बारेको विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरण उल्लेख छ ।

दिल्ली नियोग हुँदै परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओलीका तर्फबाट’ एकसाथ शुभेच्छाको सन्देश व्यक्त गरिएको छ।

यसअघि, गत पुस १० मा इन्डानेसियामा आएको सुनामीका कारण ठूलो जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डानेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पठाएर प्रेस विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिको सर्वत्र निन्दा भएपछि र पररष्ट्रको ‘कपी–पेष्ट’ कार्यशैलीमा प्रश्नचिह्न उठेपछि परराष्ट्र मन्त्रीको निजी सचिवलायले क्षमायाचना गर्दै विज्ञप्ति सुधारेको थियो।

उक्त गम्भीर त्रुटीबारे छानबिन गरिने र सम्बद्ध अधिकारीलाई कार्यबाही गरिने भनिएपनि उक्त घटनामा कुनै छानबिन भएको जानकारी बाहिर आएको छैन।

परराष्ट्रको उक्त कार्यशैली सेलाउन नपाउँदै दिल्ली दूतावासबाट ‘प्रधानमन्त्री केपी शर्मा ओली’ लाई राष्ट्रपति सम्बोधन गरेर विज्ञप्ति जारी गरिएको हो।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...