News Portal

परराष्ट्रको गल्ती सेलाउन नपाउँदै दिल्ली दूतावासको विज्ञप्तिमा प्रधानमन्त्रीलाई राष्ट्रपति सम्बोधन

हिमाली संचार संवाददाता
४०१ पटक

देवेन्द्र भट्टराई/काठमाडौँ : दिल्लीस्थित नेपाली दूतावासले आफ्नो पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गरिएको छ ।

नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुधबार बुझाएको ओहोदाको प्रमारणपत्र बारेको विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरण उल्लेख छ ।

दिल्ली नियोग हुँदै परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओलीका तर्फबाट’ एकसाथ शुभेच्छाको सन्देश व्यक्त गरिएको छ।

यसअघि, गत पुस १० मा इन्डानेसियामा आएको सुनामीका कारण ठूलो जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डानेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पठाएर प्रेस विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिको सर्वत्र निन्दा भएपछि र पररष्ट्रको ‘कपी–पेष्ट’ कार्यशैलीमा प्रश्नचिह्न उठेपछि परराष्ट्र मन्त्रीको निजी सचिवलायले क्षमायाचना गर्दै विज्ञप्ति सुधारेको थियो।

उक्त गम्भीर त्रुटीबारे छानबिन गरिने र सम्बद्ध अधिकारीलाई कार्यबाही गरिने भनिएपनि उक्त घटनामा कुनै छानबिन भएको जानकारी बाहिर आएको छैन।

परराष्ट्रको उक्त कार्यशैली सेलाउन नपाउँदै दिल्ली दूतावासबाट ‘प्रधानमन्त्री केपी शर्मा ओली’ लाई राष्ट्रपति सम्बोधन गरेर विज्ञप्ति जारी गरिएको हो।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...