News Portal

  • राजपाले समर्थन फिर्ता लिनु खुसीको कुरा हो : प्रधानमन्त्री ओली

    हिमाली संचार संवाददाता
    ४१३ पटक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन्। अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकारले राजपाका लागि गर्न सक्ने जति सबै काम गरेको बताए।

    बुधबार नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले भने- समर्थन फिर्ता लिनु पर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो। अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने? जो उचित होइन। सरकारले गर्ने जति काम गरेको छ। उहाँहरूसँग कुनै सम्झौता गरेर तोडिएको त होइन।

    सरकारको तर्फबाट सक्दो गरिएको हो,’ प्रधानमन्त्रीले भने, ‘उपचार खर्च दिएन कि। जेलबाट छुटाइएन कि। बाँकी वक्यौता कहिले कहिलेका हुन् तिरिएन की! सपथ ग्रहण नगराएकालाई गराइएन की सबै त गरेको छ। राजपा नेताहरुलाई सुरक्षा र सम्मानसमेत दिएको प्रधानमन्त्रीले बताए। ‘उहाँहरुलाई सुरक्षा सम्मान दिइएन कि त्यो पनि गरेकै छ,’ प्रधानमन्त्री ओलीले भने। अदालतले तथ्य र प्रमाणका आधारमा कानुन बमोजिम गरेकोले रेशम चौधरीका बारेमा सरकारले केही गर्न नसकेको उनको भनाइ छ।

    ‘स्वतन्त्र न्यायालयले तथ्य प्रमाणका आधारमा कानूनबमोजिम फैसला गर्‍यो। त्यो सरकारका हातमा हुने कुरा होइन। अब उहाँहरुले सरकारका विरुद्ध धेरै आरोपहरु, थोत्रा पुराना खिया लागेका, मक्काएका, पात झरेका, जरा सुकेका डाक्ला सुकेका अनेक प्रकारका आरोपहरुसहितको एउटा फेहरिस्त आरोप पत्र सिर्जना गर्नुभएको छ। सम्झिएजति र समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘समर्थन फिर्ता लिनुपर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो। खुसीको कुरा हो। कसैले समर्थन गर्न नि पाइन्छ फिर्ता लिन नि पाइन्छ। जबरजस्ती गर्न सकिन्न।

    राजपाले समर्थन फिर्ता लिएर धाकधक्कु लगाएको आरोप प्रधानमन्त्रीको छ। ‘एकपटक अलिअलि भोट आए प्रदेशमा सिट आए। भनेर सधैं यही हुन्छ भन्ने नठान्नु,’ प्रधानमन्त्रीले चेतावनी दिँदै भने, ‘फेरि चुनाव आउँछ। बरु यस्तो राजनीतिभन्दा आउनुहोस् विकास निर्माणमा मिलेर अगाडि बढौं। सरकार त तराइ मधेशको विकासका लागि कृतसंकल्पित छ।

    मधेशमा बाबुजी पल्टिएर हिड्ने तर सचेतना, साक्षरता, भर्ना अभियान, बोक्सी हुन्न भन्नेजस्ता अभियान चलाउन नसकेको भन्दै प्रधानमन्त्रीले भने, ‘बाबुजी पल्टिएर हिड्ने। यो काम पार लाग्दैन विरोधका लागि होइन विकासका लागि यो सरकार बनेको हो।

    प्रधानमन्त्रीले मधेश केन्द्रीत दललाई राष्ट्र निर्माणमा सहयात्रा गर्न आव्हान पनि गरे। प्रदेश नम्बर २ सरकारले ‘बेटी बढाउँ, बेटी बचाउ’ नारासहित अभियान सुरु गरेकोमा आफूले समर्थन गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...