News Portal

कर्णालीका सासंदहरु भन्छन – सांसद र संचारको सम्बन्ध नङमासु जस्तो हुनुपर्छ !

हिमाली संचार संवाददाता
४९७ पटक
सुशील सिंह

फाल्गुन ३०, सुर्खेत : सांसद र संचारको सम्बन्ध नङमासुको जस्तो हुनुपर्ने कर्णाली प्रदेशका सासंदहरुले बताएका छन् । आज कर्णाली प्रदेश सभा सचिवालयले बिरेन्द्रनगरमा आयोजना गरेको सांसद र संचार सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै धेरै जसो सांसदहरुले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य दिदै कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले संचारमाध्यमहरुलाई प्रभाबकारी बनाउनु पर्नेमा जोड दिनुभयो । यो जमाना भनेको संचारको जमाना हो । संचारको जमानामा संचारमाध्यमहरुलाई प्रभाबकारी बनाउन सकेनौ र हाम्रा कुराहरुलाई जनता सामु पु¥याउन सकेनौ भने हाम्रो औचित्य पनी नरहने बताउनुभयो ।

यस्तै कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती बिष्टले पनी संसद र संचारको सुमधुर सम्बन्ध स्थापित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले जनताका गुनासा संसद संग र संसदका कुराहरु आम जनता सामु पु¥याउनको लागी संचारमाध्यमहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै अझै पनी सांसद र संचारको भुमिका बलियो रुपमा स्थापित गर्नको लागी यो कार्यक्रम आयोजना गरीएको बताउनुभयो ।

यस्तै कर्णाली प्रदेश सरकारकी भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले अहिलेको अबस्थामा कर्णाली प्रदेशमा यो कार्यक्रम आयोजना हुनु भनेको तिर्खा लागेको बेला पानी मिलेको बताउनुभएको छ । हाम्रा अभिन्न अंगको रुपमा संचार माध्यम रहेको भन्दै यस्ता कार्यक्रमहरुको आबश्यक रहेको बताउनुभयो । तर यस्ता कार्यक्रम हरु पहिले पनी धेरै भए । तर सोचे अनुरुप उपलब्धी नभएको भन्दै यस्तो कार्यक्रमहरु उपलब्धी पूर्ण हुनुपर्ने उहाँको भनेको रहेको छ ।

सता पक्षका प्रमुख सचेतक गुलाब जंग शाहले पनी संसद र संचार को सम्बन्ध नङमासुको हुनुपर्ने बताउनुभयो । हाम्रा कुराहरुलाई जनता सामु पु¥याउनको लागी मिडियोको ठुलो सहयोग रहेको उहाँको भनाइरहेको छ । यस्तै संसद मिना सिंह रखालले पनी संसद र संचारको पारस्परिक सम्बन्ध रहको भन्दै असाध्यै राम्रो कार्यक्रमको तय गरीएको बताउनुभयो ।

संसोधन गर्नुपर्ने काम भैरहेको छ : प्रतिनिधि सभाका उपसभामुख तुम्बाहाङ्फे

प्रतिनिधि सभाका उप सभामुख शिवमाया तुम्बाहाङ्फेले आजको कार्यक्रमको प्रमुख अथितिको रुपमा स्वागत मन्तब्य दिदै नेपालको संबिधानमा संसोधन गर्नुपर्ने बिषयहरुको काम भैरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, सरकारले बिधयेक दिएपछी मात्र हामी काम सक्छौ नत्र सक्दैनौ ।

थाहाँ भाको कुराहरुलाई सेयर गर्ने र थाहाँ नभाको कुराहरु थाहाँ पाउनको लागी यो अन्तरक्रिया कार्यक्रम गरीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , संसदले नजानेका र संचारकर्मीहरुले नजानेका कुराहरुको अन्तरक्रिया गर्न यो कार्यक्रम आयोजना गरीएको हो ।

प्रशिक्षक कार्यक्रम गर्न आबश्यक : प्रमुख प्रतिपक्ष

यस्तै प्रमुख प्रतिपक्ष दलका नेता हिम बहादुर शाहीले सांसद र संचारको नङमासुको जस्तो सम्बन्ध रहेको बताउदै कर्णाली प्रदेश सभा सचिवालयमा एउटा सांसद र संचारकर्मीहरुका लागी प्रशिक्षक कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा टेलिभिजन अन्तरबार्ताको प्रयोगात्मक अभ्यास पनी गरीने छ । र स्थानिय संचारकर्मी तथा प्रदेश सभामा रिपोर्टिङ गर्ने पत्रकारहरुसंग पनी अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...