News Portal

कैलालीमा विवाहको गाडीमा आगजनी, ३ विप्लव कार्यकर्ता पक्राउ

हिमाली संचार संवाददाता
४७४ पटक

यज्ञराज उपाध्याय
कैलाली ३०, फागुन : कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजिपुरको बिचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । बसमा आगजनी गरिदा बस पुर्ण रुपमा क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन ।

उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिमिल्सिनाका अनुसार गोदावरी क्षेत्र नजिकैबाट बिहिवार तिनजना बिप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ । उनका अनुसार पक्राउ तिनै जना धनगढी तर्फ आईरहेका गाडीलाई रोकिरहेका थिए । त्यसैले उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको उनले बताए ।

बिहिवार बिप्लवको नेपाल बन्द समेत भएकाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । ठुला सवारी साधनहरु बन्द गरिएका छन भने ठाउँमा बमहरु राख्ने, आगजनी गर्ने जस्ता अनैतिक क्रियाकलाप समेत भैरहेका छन ।

एसपी तिमिल्सिनाले अनैतिक काम गर्नेलाई कानुन बमोजिम कारवाही गरिने र कसैलाई पनि नछोडिने बताए । उनले जिल्लाको सुरक्षा व्यवस्ता मजबुत भएको बताउदै कहिँ पनि घटना हुन नदिने प्रहरी लागिपरेको समेत बताए । विभिन्न जिल्लाबाट कैलाली आउने गाडीहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको र गोप्य सुचनाका आधारमा पनि प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...