News Portal

कैलालीका वन अधिकृत साह ३० हजार घुस रकमसहित पक्राउ

हिमाली संचार संवाददाता
४२६ पटक

निर्मला खडायत
कैलाली, २९ फागुन : जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज दिउँसो वन अधिकृत साहलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

वन अधिकृत साहलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको वन कार्यालयमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताएको छ । वन मुद्दा मिलाइदिने भन्दै अधिकृत साहले पैसा मागेको बताइएको छ ।

अख्तियार अनुसन्धान आयोगले साहमाथि आवश्यक कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षकको नेतृत्वको टोलीले साहलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...