News Portal

विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै मूल धारमा ल्याउनुपर्छ : कांग्रेस नेता खाँड

हिमाली संचार संवाददाता
४९५ पटक

काठमाडाैं, २९ फागुन : कांग्रेस नेता बालकृष्ण खाँडले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यामबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउने पहल गर्न सरकारलाई सुझाव दिएका छन् । नेता खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने भन्दा पनि उनीहरुलाई वार्ता र संवादकै बाटोबाट संवैधानिक प्रक्रिया र राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन उपयुक्त हुने बताए।

बुधबार संघीय संसद भवन परिसर नयाँ बानेश्वर संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले चन्द नेतृत्वको नेकपाले गरिरहेको हिंसात्मक गतिविधि स्विकार्य नहुने उल्लेख गर्दै उनीहरुलाई सरकारले प्रतिबन्ध लगाउने भन्दा पनि राष्ट्रिय राजनीतिक मूल धारमा ल्याउन अधिकतम पहल गर्न उपयुक्त हुने बताए ।

नेता खाँडले राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउन पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गरे । कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका नेता खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन पनि सरकारलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...