News Portal

विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै मूल धारमा ल्याउनुपर्छ : कांग्रेस नेता खाँड

हिमाली संचार संवाददाता
४३६ पटक

काठमाडाैं, २९ फागुन : कांग्रेस नेता बालकृष्ण खाँडले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यामबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउने पहल गर्न सरकारलाई सुझाव दिएका छन् । नेता खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने भन्दा पनि उनीहरुलाई वार्ता र संवादकै बाटोबाट संवैधानिक प्रक्रिया र राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन उपयुक्त हुने बताए।

बुधबार संघीय संसद भवन परिसर नयाँ बानेश्वर संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले चन्द नेतृत्वको नेकपाले गरिरहेको हिंसात्मक गतिविधि स्विकार्य नहुने उल्लेख गर्दै उनीहरुलाई सरकारले प्रतिबन्ध लगाउने भन्दा पनि राष्ट्रिय राजनीतिक मूल धारमा ल्याउन अधिकतम पहल गर्न उपयुक्त हुने बताए ।

नेता खाँडले राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउन पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गरे । कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका नेता खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन पनि सरकारलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...