News Portal

अवकास हुने समयमा फैसला नगर्न न्यायाधीशलाई प्रधानन्यायाधीश जवराको निर्देशन

हिमाली संचार संवाददाता
४८६ पटक

सन्ताेष भट्टराई
काठमाडाैं, २९ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले सर्वोच्च, उच्च र जिल्ला अदालत तथा माताहतका न्यायाधीशलाई अवकास हुने अन्तिम दिनसम्म मुद्दाको सुनुवाइ तथा फैसला गर्ने काम नगर्न निर्देशन दिएका छन् ।

उमेर हदका कारण अवकास हुनुभन्दा एक महिना अघि न्यायाधीशहरू विदामा बस्ने प्रचलन रहेको छ । त्यस अवधिमा मुद्दाको सुनुवाइ तथा फैसला गर्नुभन्दा फैसला÷आदेशहरु तयार गर्ने र अवकासको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्न पनि निर्देशन दिएका छन् ।

अदालतमा विचौलियाको कारण सिर्जना हुन सक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिहरुको पहिचान गरी अदालत प्रवेशमा रोक लगाउने कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन पनि भनेका छन् । प्रधानन्यायाधीश जवराले न्यायाधीशहरुलाई न्यायिक काम कारबाहीहरुको अनुगमन र नियमनलाई प्रभावकारी बनाई न्यायिक सुशासनको अभिवृद्धिमा जोड दिन पनि आग्रह गरेका हुन् ।

उनले उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्देशन दिँदै भनेका छन्‘ मुख्य न्यायाधीशले आफ्नो र मातहतका अदालतका न्यायाधीश र कर्मचारीहरुको आचरण, अनुशासनको पालना गरे नगरेको तथा न्यायिक कामकारबाहीमा अनियमितता भए नभएको विषयमा निरन्तर अनुगमन, मुल्याङकन र निगरानी गरी सोको जानकारी गराउने र अन्यको हकमा सिफारिस सहितको प्रतिवेदन पेश गर्नु ।’

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...