News Portal

केपी ओलीको सनकले देश चल्न नसक्ने गगन थापाको दाबी

हिमाली संचार संवाददाता
४५६ पटक

अर्घाखाँची २९, फागुन : महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्द नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको झोंक एवं सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेलिन लागेको आरोप लगाउनु भएको छ । नेता थापाले प्रधानमन्त्री ओलीले चालिरहेका कदम राष्ट्र विरोधि भएको इंगित गर्दै यस्तो बताउनु भएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्नु न्यायोचित नभएको उहाँको ठहर छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले विप्लवमाथि प्रतिबन्ध लगाएको कुरालाई केन्द्रित गर्दै उहाँले प्रधानमन्त्रीको सो कदमले मुलुक द्वन्द्वतर्फ धकलिन लागेको बताउनु भयो।

गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा स्थापना भएको शान्ति अहिले केपी ओलीले अशान्तीर्फ धकेल्न खोजेका छन्, यस्तो सनकले देश चल्दैन उहाँले भने । त्यस्तै ओली सरकारले भष्टचार एवं हिंसात्क गतिविधी रोक्न नसकेको उहाँको आरोप छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...