News Portal

बझाङमा एक युवक मृत अवस्थामा फेला

हिमाली संचार संवाददाता
५३० पटक

यज्ञराज उपाध्याय
बझाङ, २९ फागुन : बझाङमा एक युवक मृतक अवस्थामा भेटिएका छन । बुधबार बिहानै युवक जिल्लाको सदरमुकाम चैनपुर स्थित चौगाइ टोलमा मृत अवस्थामा रहेका उनलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । तुरुन्तै प्रहरीले उक्त ठाउँमा आई केही प्रारम्भिक अनुसन्धान समेत गरेको थियो ।

मृत फेला परेका युवकको प्रहरीले सनाखत समेत गरेको छ । मृतक सुर्मा गाँउपालिका १ दौलीचौर घर भएका अन्दाजी ३० बर्षिय धर्क बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

युवक बोहराको हत्या नै भएको स्थानीयहरुले दाबी समेत गरेका छन । मृतक बोहराको टाउको र अनुहारमा देखिएको चोटमा आधारमा मंगलबार राती चैनपुरमा बोहरालाई केही अपराधिक ब्यक्ती वा समुहले ढुङ्गा प्रहार गरि मारेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले ठोस प्रमाण नभेटाएको जानकारी दिदै थप अनुसन्धान भैरहेको बताएको छ । यदि उनको हत्या नै भएको प्रमाणित भएको खण्डमा हत्यारा प्रहरीबाट बच्न नसक्ने जिल्ला प्रहरी कार्यालय चैनपुरले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...