News Portal

बझाङमा एक युवक मृत अवस्थामा फेला

हिमाली संचार संवाददाता
५५१ पटक

यज्ञराज उपाध्याय
बझाङ, २९ फागुन : बझाङमा एक युवक मृतक अवस्थामा भेटिएका छन । बुधबार बिहानै युवक जिल्लाको सदरमुकाम चैनपुर स्थित चौगाइ टोलमा मृत अवस्थामा रहेका उनलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । तुरुन्तै प्रहरीले उक्त ठाउँमा आई केही प्रारम्भिक अनुसन्धान समेत गरेको थियो ।

मृत फेला परेका युवकको प्रहरीले सनाखत समेत गरेको छ । मृतक सुर्मा गाँउपालिका १ दौलीचौर घर भएका अन्दाजी ३० बर्षिय धर्क बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

युवक बोहराको हत्या नै भएको स्थानीयहरुले दाबी समेत गरेका छन । मृतक बोहराको टाउको र अनुहारमा देखिएको चोटमा आधारमा मंगलबार राती चैनपुरमा बोहरालाई केही अपराधिक ब्यक्ती वा समुहले ढुङ्गा प्रहार गरि मारेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले ठोस प्रमाण नभेटाएको जानकारी दिदै थप अनुसन्धान भैरहेको बताएको छ । यदि उनको हत्या नै भएको प्रमाणित भएको खण्डमा हत्यारा प्रहरीबाट बच्न नसक्ने जिल्ला प्रहरी कार्यालय चैनपुरले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...