News Portal

राजपाले दियो संसद बैठक चल्न नदिने चेतावनी

हिमाली संचार संवाददाता
४७८ पटक

काठमाडौं २९, फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । संसद बैठक दिउँसो १२ बजे बस्दैछ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक अवरुद्ध पारिने राजपा नेता एवं सांसद राजकिशोर यादवले अनलाइनखबरलाई बताए ।

‘हामीले अघिल्लो बैठकमै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भनेका थियौं । यसबारेमा सभामुखलाई ध्यानाकर्षण गराइएको थियो’ यादवले भने, ‘सरकारले प्रतिवेदन सार्वजनिक गरेन, त्यसैले आजको बैठक चल्न दिइन्न ।

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने सरकारसँग माग राख्दै आएको छ ।

साथै, हाल जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपा थप आक्रोशित बनेको छ । सांसद चौधरीमाथि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपाले यसअघि नै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ ।

उसले चौधरीलाई रिहाई नगरिए सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । आन्दोलनका कार्यक्रमबारे छलफल गर्न राजपाका शीर्ष नेताहरुको बैठक मंगलबारदेखि राजधानीमा बसिरहेको छ । बैठक विहीबार पनि जारी रहने राजपा नेता यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...