News Portal

  • सिके राउतसँगको सम्झौता राष्ट्रघाती, ओलीले खण्डन गनुपर्छ : सभापति देउवा

    हिमाली संचार संवाददाता
    ३६३ पटक

    अमृत सुवेदी
    पोखरा २८ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए ।

    नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

    सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघात गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ।

    अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?

    सिके राउतले कसरी बोलिरहेका छन्, त्यतातिर हेर्न देउवाले आग्रह गरे । ओली सरकारले संघीयतालाई कमजोर बनाउने काम गरिरहेको देउवाले बताए । ‘प्रजातन्त्रको खिलापमा अधिनायकवाद ल्याउँदै छ ओली सरकार,’ देउवाले भने ।

    प्रतिपक्ष कमजोर भयो भन्ने पत्रकारको सवालको देउवाले प्रतिकार गरे । ‘भोट हाल्ने बेलामा एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो, कहाँ गयो भन्ने ?,’ देउवाले भने, ‘हामी एमालेजस्तो तीन महिना संसद नै चल्ने नदिने पार्टी त होइनौं नि । अब सशक्त आन्दोलन गर्छौं ।

    कस्तो सशक्त आन्दोलन भन्ने कुरा गरेपछि थाहा हुने उनको भनाइ थियो । ओली प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा एउटा पनि देखाउनलायक राम्रो काम नगरेको देउवाले दाबी गरे । फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको उनको आरोप छ ।

    कार्यक्रममा पोखराको गण्डकी मेडिकल कलेजको प्रश्न आउनेबित्तिकै देउवा एकाएक जंगिए । डा. गोविन्द केसीको मागका विषयलाई लिएर सडक आन्दोलन गरेको कांग्रेस पाँच सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति भने किन मौन छ ? भन्ने प्रश्न पत्रकारहरुले सोधेका थिए ।

    कलेजका सञ्चालक खुमा अर्यालसँग पनि कांग्रेस र देउवालाई समेत जोड्न थालिएको पत्रकारको प्रश्नपछि देउवाले आक्रोशित हुँदै भने, ‘कहाँबाट आयो त्यो कुरा ? मैले के बोल्नुपर्‍यो ? म किन जोडिने ? चिकित्सा विधेयक नै मैले ल्याएको होइन ? एमालेको बोर्डर नायकलाई किन भएन कारबाही ? सबैलाई हुनुपर्‍यो नि ।

    कार्यक्रममा सहभागी कांग्रेसका अन्य नेताले भने सभापति देउवालाई त्यो कुरा थाहा नभएको बताउँदै विषयान्तर गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...