News Portal

  • विप्लवका कार्यकर्ता उच्च अदालतको आदेशपछि रिहा

    हिमाली संचार संवाददाता
    ४३४ पटक

    दाङ : उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएको दुर्गालाल केसीले कान्तिपुरमा समाचार लेखेका छन।

    प्रहरीले उनीहरुलाई फागुन २१ गते तुलसीपुरमा आयोजित सहिद, बेपत्ता, घाइते, अपांग परिवारलाई अभिनन्दन कार्यक्रमबाट पक्राउ गरेको थियो ।

    पक्राउ परेका प्रदिपबहादुर वलीकी श्रीमती रमिता वलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाई दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामबहादुर थापाको इजलाशले उनीहरुलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै मुक्त गर्न आदेश दिएको हो ।

    पक्राउ गर्नु र थुनामा राख्नुको कुनै औचित्य र वैधता नदेखिएको भन्दै आदेशमा नेपालको संविधान र मुलुकी देवानी कार्यविधि संहिता ऐनले प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विचार अभिव्यक्त गर्ने र बिना हातहतियार शान्तिपूर्ण भेला गर्न पाउने अधिकार सुरक्षित गरेकाले विनाकारण थुनामा राख्न नमिल्ने उल्लेख गरिएको छ । पक्राउ परेका व्यक्तिहरु विना हातहतियार शान्तिपूर्ण कार्यक्रममा सहभागी भएको र उनीहरुको साथबाट कुनै पनि कानुन विपरितका सामग्री फेला नपरेकाले थुनामा राख्नु औचित्यपूर्ण नहुने आदेशमा भनिएको छ ।

    आदेशमा प्रहरीलाई आगामी दिनमा कानुनी पक्रिया पुर्‍याएर मात्र पक्राउ र अनुसन्धान गर्न मार्गदर्शन हुनेगरी व्याख्या गरिएको छ । मुद्दा हेर्ने अधिकारीबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई पक्राउ गर्नुको सट्टा जरुरी पक्राउ पूर्जी जारी गरिएको र परिस्थिती हेर्दा त्यस्तो अवस्था नदेखिएको हुँदा विपक्षीबाट गरिएका काम कानुन सम्मत नदेखिएको आदेशमा भनिएको छ । यसबाट विशेष परिस्थिती परी तत्काल पक्राउ गर्ने विशेष अधिकारको दुरुपयोग भई व्यक्तिको स्वेच्छाचारी पक्राउ र थुनाविरुद्धको अधिकार कुण्ठित हुने आदेशमा उल्लेख छ ।

    कानुन विपरित कसैले गतिविधि गरेमा पर्याप्त तथ्य र प्रमाणका आधारमा पक्राउ गर्नसकिने उल्लेख गर्दै आदेशमा त्यस्तो पक्राउ र अनुसन्धान गर्दा कार्यविधि कानूनको अक्षरशः पालना गर्नुपर्नेतर्फ विपक्षीलाई सचेत गराइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

    काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै...

    कालीमाटी मेलामा भीड व्यवस्थापनका लागि शुक्रबार स्थानीय बिदा

    सल्यान, मंसिर १७ – धान्यपूर्णिमा मेलाको तयारीसँगै कालीमाटी गाउँपालिकाले शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा...

    बैंकिङ अनियमिततामा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

    ललितपुर, मंसिर १७ – प्रभु बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र...

    एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

    काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको...

    धरानका मेयर हर्क साम्पाङ विवादमा:अभिव्यक्ति, गतिविधि र धार्मिक–जातीय तनाव उकासेको आरोप

    धरान – धरानका मेयर हर्कराज साम्पाङको पछिल्ला गतिविधि र अभिव्यक्तिले स्थानीय समाजमा चर्को बहस र...