News Portal

प्रथम बृहत चौरजहारी महाेत्सवकाे आयब्यय सार्वजनिक

हिमाली संचार संवाददाता
३७९ पटक
ज्ञानु गौतम

रुकुम : फागुन ७ देखि १८ गते सम्म सञ्चालन भएको प्रथम बृहत चौरजहारी महाेत्सवकाे अायब्यय सार्वजनिक गरिएकाे छ । अायाेजक चौरजहारी उद्योग वाणिज्य संघले अाज पत्रकार सम्मेलन गरेर महाेत्सवकाे अायव्य सार्वजनिक गरेको हाे ।

उद्योग वाणिज्य संघका काेषाध्यक्ष सन्ताेष अाेलिले प्रस्तुत गरेको अाय व्ययमा ३४ लाख ४१ हजार ८ सय ४९ रुपैयाँ अाय रहेको छ भने २९ लाख ३९ हजार ५ सय ९१ रुपैयाँ व्यय रहेको छ । जसमा अायाेजक उद्योग वाणिज्य संघ चाैरजहारीलाई ५ लाख २ हजार २ सय ५८ रुपैयाँ फाइदा भएको छ ।

पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य संघ चाैरजहारीका अध्यक्ष प्रेम सुनारले महाेत्सवबाट साेचेजस्ताे अाम्दानी नभएकोले जुन उदेश्य अनुसार महाेत्सव सञ्चालन गरिएको थियोे त्याे उदेश्य पूरा गर्नमा कठिनाइ सिर्जना भएको बताए। उनले भने हामीले महाेत्सव सञ्चालनबाट राखिएका उदेश्यमा उद्योग वाणिज्य संघको भवन निर्माणको काम अहिले भइरहेको छ जसकाे लागि प्रयाप्त रकम नभएकोले सहयोगी संस्थाहरु खाेजिरहेका छाैँ ।

सार्वजनिक शाैचालय अपेक्षा अनुसार रकम संकलन भयो भने बनाउने भनेका थियौं हुन् सकेन् , कुनै सहयोगी निकाय जुटे भने त्याे पनि बनाउने छाैँ। चाैरजहारी नगरपालिकाले मेला महाेत्सवहरु सञ्चालन गरे वाफत लिने कर पनि नलिएको महाेत्सव अायाेजकले बताएको छ ।

रुकुममा सञ्चालन हुने महाेत्सवहरुकाे बर्षाैसम्म पनि अायव्यय सार्वजनिक नगर्ने संस्कारलाई अन्त्य गर्दै महाेत्सव सञ्चालन भएको केही समयमै अायव्यय सार्वजनिक गर्नु राम्रो पक्ष भएको पत्रकार सम्मेलनमा सहभागीहरुले बताएका थिए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...