News Portal

प्रथम बृहत चौरजहारी महाेत्सवकाे आयब्यय सार्वजनिक

हिमाली संचार संवाददाता
४१४ पटक
ज्ञानु गौतम

रुकुम : फागुन ७ देखि १८ गते सम्म सञ्चालन भएको प्रथम बृहत चौरजहारी महाेत्सवकाे अायब्यय सार्वजनिक गरिएकाे छ । अायाेजक चौरजहारी उद्योग वाणिज्य संघले अाज पत्रकार सम्मेलन गरेर महाेत्सवकाे अायव्य सार्वजनिक गरेको हाे ।

उद्योग वाणिज्य संघका काेषाध्यक्ष सन्ताेष अाेलिले प्रस्तुत गरेको अाय व्ययमा ३४ लाख ४१ हजार ८ सय ४९ रुपैयाँ अाय रहेको छ भने २९ लाख ३९ हजार ५ सय ९१ रुपैयाँ व्यय रहेको छ । जसमा अायाेजक उद्योग वाणिज्य संघ चाैरजहारीलाई ५ लाख २ हजार २ सय ५८ रुपैयाँ फाइदा भएको छ ।

पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य संघ चाैरजहारीका अध्यक्ष प्रेम सुनारले महाेत्सवबाट साेचेजस्ताे अाम्दानी नभएकोले जुन उदेश्य अनुसार महाेत्सव सञ्चालन गरिएको थियोे त्याे उदेश्य पूरा गर्नमा कठिनाइ सिर्जना भएको बताए। उनले भने हामीले महाेत्सव सञ्चालनबाट राखिएका उदेश्यमा उद्योग वाणिज्य संघको भवन निर्माणको काम अहिले भइरहेको छ जसकाे लागि प्रयाप्त रकम नभएकोले सहयोगी संस्थाहरु खाेजिरहेका छाैँ ।

सार्वजनिक शाैचालय अपेक्षा अनुसार रकम संकलन भयो भने बनाउने भनेका थियौं हुन् सकेन् , कुनै सहयोगी निकाय जुटे भने त्याे पनि बनाउने छाैँ। चाैरजहारी नगरपालिकाले मेला महाेत्सवहरु सञ्चालन गरे वाफत लिने कर पनि नलिएको महाेत्सव अायाेजकले बताएको छ ।

रुकुममा सञ्चालन हुने महाेत्सवहरुकाे बर्षाैसम्म पनि अायव्यय सार्वजनिक नगर्ने संस्कारलाई अन्त्य गर्दै महाेत्सव सञ्चालन भएको केही समयमै अायव्यय सार्वजनिक गर्नु राम्रो पक्ष भएको पत्रकार सम्मेलनमा सहभागीहरुले बताएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...