News Portal

  • कुवेतबाट राजीव खड्का र नितु श्रेष्ठ विवेकशील नेपाली दलको प्रवास समितिमा चयन

    हिमाली संचार संवाददाता
    ३२७ पटक

    कुवेत : विवेकशील नेपाली दलले अन्तर्राष्ट्रिय (प्रवास) समन्वय समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय सदस्यहरुको अनलाइन भेलाबाट सञ्जय रिमालको अध्यक्षतामा २१ सदस्य तदर्थ समिति गठन गरिएको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले जानकारी दिए ।

    समितिको उपाध्यक्षमा सुरेश भट्ट, कोषाध्यक्षमा सुवास बस्नेत र सचिवमा जीवन कार्की रहेका छन् ।

    भेलाले चेतनाथ निरौला (साउदी अरेबिया), रविन गुरुङ (साउदी अरेबिया), शुमिका बज्राचार्य (ओमान), निता दाहाल गजुरेल (कतार), लक्ष्मी ओली (अमेरिका), विश्व महर्जन (दक्षिण कोरिया), विनोद कार्की (युएई), सारा प्याकुरेल (जर्मनी), ईश्वर भट्टराई (जापान), बिन्दु शर्मा (जापान), सुनिल ढकाल (न्युजिल्याण्ड), शीतल शर्मा (न्युजिल्याण्ड), राजीव खड्का (कुवेत), नितु श्रेष्ठ (कुवेत), सौविध्य मनोज (अस्ट्रेलिया), कैलाश थापा (क्यानडा), मदन पौडेल-राज छेत्री (भारत)लाई सदस्यमा चयन गरेको छ । प्रवास समितिलाई विवेकशीलले ८औं प्रदेश भनेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...