News Portal

इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

समाचार डेस्क
७१० पटक

बीबीसी – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपछि अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । विद्युत आपूर्ति बन्द भएको छ ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् ।

छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ ।

भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएकाे थियाे । तर अहिले त्यस्ताे खतरा नरहेकाे भन्दै फिर्ता लिइएकाे छ ।

प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६.४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियाे ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...