आज : २०२६-०७-१२, आइतबार

जाजरकोटको कुशे गाउँपालिकामा नेकपाले गर्‍यो कार्यालय घेराउ

जाजरकोट २७, फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोटको कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेको छ। आइतबार भार्मा स्थित गाँउपालिका कार्यालयमा जम्मा भइ नेकपा नेता कार्यकर्ताहरुले कार्यालय घेराउ गरेका हुन ।

गाँउपालिकाले योजना वितरण लगायतमा मनोमानी भएको भन्दै करिब १ हजार बढी कार्यकर्ताको उपस्थीतिमा गरिएको घेराउ कार्यक्रम नेकपाले ज्ञापन पत्र समेत बुझाएको छ ।

नेकपाले बुझाएको ज्ञापनपत्रमा टोल बस्तीबाट माग भई वडाबाट समेत प्राथामिकता परेका योजनाहरु राजनितिक प्रतिशोधको आधारमा वाइपास गर्ने गरेको, सम्पन्न भएका योजनाहरुको बजेट समेयमै भुक्तानि नगरेकोले उक्त कुरा सच्याउन माग गरिएको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत समक्ष नेकपाले बुझाएको ज्ञापनपत्रमा नागरिकलाइ सुचनाको हकबाट बञ्चित गरेको, सरकारी मापदण्ड भन्दा बाहिरबाट जथाभावी डोजर प्रयोग गरेको तथा अभिभावकहरुको बिरुद्धमा ल्याइएको कुशे शिक्षा ऐन परिमार्जन गर्नु पर्ने लगाएतका माग रहेका छन ।

ज्ञापन पत्र यस्तो छ :