News Portal

लोकसभामा काँग्रेसबाट चुनाव लड्दै सलमान खान !

हिमाली संचार संवाददाता
५८७ पटक

बलिउडका नायक सलमान खान काँग्रेस पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको छ। काँग्रेसले उनलाई टिकट दिने विषय बाहिर सार्वजनिक गरेपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना बढेको हो ।

जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै सेलिब्रेटीको राजनीति प्रवेशको विषय बाहिर आउने गर्दछ । यस पटक यही चर्चा सलमान खानको बारेमा चलेको हो । केही समय रामानन्द सागरको रामायणमा राम रोल निभाएर लोकप्र‍िय भएका अभिनेता अरुण गोव‍िल कांग्रेसबाट इन्दोरमा चुनाव लड्ने चर्चा चलेको थियो । उनी पछि अहिले भने सलमान खानको चर्चा बाहिर आएको हो ।

केही समय पहिले मध्‍य प्रदेशका मुख्‍यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको नाम लिएर उनलाई टिकट दिने तयारी रहेको बताएका थिए । अहिले सलमान खान मध्य प्रदेशको पर्यटनको ब्राण्ड एम्बेस्डर बनाइएका छन् । अहिले उनलाई काँग्रेसले इन्दोरबाट नै चुनाव लड्ने सम्भावना रहेको चर्चा गरिँदै आइएको छ । यदि यस्तो भयो भने उनको प्रतिस्पर्धा भाजपाकी नेता तथा वर्तमान लोकसभाकी सभामुख सुमित्रा महाजनसँग हुनसक्ने समेत बताईएको छ ।

सुमित्रा महाजन लगातार ९ पटक सम्म सांसद बनिसकेकी नेता हुन् । सोही कारण सलमानलाई सो इन्दोरमा उठाउन सकेमा सुमित्राको अराजित यात्रामाथि धावा बोल्न सक्ने अपेक्षा देखिन्छ । सलमान खानको पैत्रिक घर पनि इन्दोर नै रहेकोले पनि उनी सो क्षेत्रबाट उठ्न सक्ने सम्भावनाबारे पनि चर्चा भईरहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...