News Portal

अर्थमन्त्रीमाथी मिनेन्द्रको काउन्टर एट्याक !

हिमाली संचार संवाददाता
६४५ पटक

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडामाथि प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले ‘काउन्टर एट्याक’ गरेका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलामा अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेको विषयलाई नै दोहो¥याउँदै रिजालले मन्त्रीमाथि ‘काउन्टर एट्याक’ गरेका हुन् ।

सरकारको ६ महिनाको प्रतिवेदन माथि टिप्पणी गर्दै नेता रिजालले अर्थमन्त्रीले श्वेतपत्रको बुँदा नं ४० मा लेखेको जस्तै समग्रमा अर्थतन्त्र अहिले पनि विप्रेषण आय, आयात र उपभोगको चक्रब्यूहमा रुमलिएको बताएका छन् । उनले अर्थमन्त्रीमाथि प्रश्न गरे ‘अहिले पनि अर्थतन्त्र मन्त्रीको श्वेतपत्रमा उल्लेख भएको जस्तै चक्रब्यूहमा रुमलिएको छ । केही सुधार भएको छ त अर्थमन्त्री ज्यू ?

अर्थमन्त्रीले आफ्नो ६ महिनाको कामको प्रतिवेदनमा कृषि उत्पानमा बृद्धि, रेमिट्यान्समा बृद्धि, पुँजीगत खर्चमा बृद्धि जस्ता विषयहरु देखाएर आर्थिक बृद्धिको लक्ष्य पुग्छ भनेको प्रति नेता रिजालले प्रतिवाद गर्दे भनेका छन् ‘यो वर्ष धानको उत्पादन मात्रै ९ प्रतिशत बढेको छ । यो हरेक वर्ष बढ्ने घट्ने भईरहन्छ । उद्योग क्षमता विस्तार कति भयो ?

अघिल्लो वर्ष यही समयमा पर्यटक आवागमन २५ प्रतिशतले बढेकोमा यो वर्ष २४ प्रतिशतले मात्रै पर्यटक बढेको, विप्रेषण आप्रवाह अघिल्लो वर्ष घटेकोमा यो साल बढेको, विप्रेषणमा आधारित भएर आयात बढेको र अघिल्लो पटक १५ प्रतिशतले बढेको आयात यो पटक ३१ प्रतिशतले बढेको तथ्यांक पनि रिजालले संसदमा पेश गरेका छन् ।

‘अहिले आयात बढेको आधारमा राजश्व २१ बाट २६ प्रतिशतमा पुगेको, व्यापारघाटा बढेको, शोधनान्तर घाटा झण्डै ७० अर्बले बढेको छ ।’ संसदमा रिजालले भने ‘श्वेतपत्रमा लेखेको जस्तै बुँदा ४० मा समग्रमा अर्थतन्त्र विप्रेषण आय, आयात र उपभोगको चक्रब्यूहमा रुमलिएको छ । त्यो चक्रब्यूहबाट अर्थमन्त्री ज्यू अर्थतन्त्रलाई कसरी पु¥याउनु भयो त ? केही आधार देखिएन।

रिजालले संसदमा भने ‘त्यत्रो डंका बजाएर आएको सरकारले बजेट संशोधन गरी ८५ प्रतिशत मात्रै खर्च गर्न सक्छु भन्यो, अझ पुँजीगत खर्च त मात्रै ७० प्रतिशत रे । अहिलेसम्म चालू खर्च ३५ प्रतिशत भयो । पुँजीगत खर्च १७.७ प्रतिशत मात्रै छ । अघिल्लो वर्षको यो अवधिमा १४.३ प्रतिशत भएको थियो । कति प्रतिशत भयो त ? खासै फरक छैन ।

यसरी ठूलो मत लिएर आएको सरकारले अपेक्षित उपलब्धी हाँसिल गर्न नसकेको उनको आरोप छ । सरकारको वर्षदिन पनि ठट्टैमा वितेको भन्दै अतिरञ्जीत कुरा छाडेर सहकार्यको हात फैलाए काँग्रेस पनि विकासको काममा सरकारलाई जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको पनि रिजालले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...