News Portal

  • दुर्गेश थापाले दैलेख महोत्सवमा धमाका मच्चाए

    हिमाली संचार संवाददाता
    ४८९ पटक
    कृष्ण प्रसाद अधिकारी

    दैलेख, २५ फागुन : दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौद्धारा संयुक्त रुपमा आयोजित दैलेख महोत्सवको दोस्रो दिन शनिवार चर्चित गायक तथा मोडेल दुर्गेश थापाको गितमा केटाकेटी देखि युवाहरु छमछमी नाचेका छन् । उनको प्रस्तुतीमा महोत्सब स्थल काडाँचौर झुमेको थियो ।

    थापाले यो यो यो दुर्गेश थापा हो, कि दुर्गेश जेलमा कि दुर्गेश रेलमा, क्षेत्रीको छोरो हिरो छ, बेहुला बनाउछु भन्थ्यौ, बहुला बनाएर गयौ जस्ता आधा दर्जन बढि चर्चीत गितमा दर्शक हरुले भरपुर्ण मनोरञ्जन लिएका थिए ।

    ‘उद्यम, कृषि पर्यटन र व्यापार, समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित शुक्रवार देखि दैलेख महोत्सब तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेला सुरु भएको हो । दैलेख सदरमुकाममा कृषि हाट बजार संचालनमा ल्याउन र दैलेखमा अत्याधुनिक सभा हल स्थापना गर्ने मुख्य उदेश्य सहित महोत्सब आयोजना गरिएको हो।

    शनिवार दुर्गेशसँगै गायक धनराज चुनारा, लोकेन्द्र जीसी कुमार, रामजी दैलेखखी लगाएतको प्रस्तती रहेको थियो भने दैलेखका स्थानीय विभिन्न डान्स क्लबहरुको बेजोड प्रस्तुती रहेको थियो । दैलेख महोत्सवको दोस्रो दिन करिब ६ हजार दर्शकले अवलोकन गरेको अनुमान आयोजकले गरेको छ ।

    यसै बिच महोत्सवको तेस्रो दिन आइतवार चर्चित गायक यस कुमार, डेविड शंकर, स्मृति शाही लगाएत स्थानिय कलाकारहरु को प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...