News Portal

दुर्गेश थापाले दैलेख महोत्सवमा धमाका मच्चाए

हिमाली संचार संवाददाता
५५६ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख, २५ फागुन : दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौद्धारा संयुक्त रुपमा आयोजित दैलेख महोत्सवको दोस्रो दिन शनिवार चर्चित गायक तथा मोडेल दुर्गेश थापाको गितमा केटाकेटी देखि युवाहरु छमछमी नाचेका छन् । उनको प्रस्तुतीमा महोत्सब स्थल काडाँचौर झुमेको थियो ।

थापाले यो यो यो दुर्गेश थापा हो, कि दुर्गेश जेलमा कि दुर्गेश रेलमा, क्षेत्रीको छोरो हिरो छ, बेहुला बनाउछु भन्थ्यौ, बहुला बनाएर गयौ जस्ता आधा दर्जन बढि चर्चीत गितमा दर्शक हरुले भरपुर्ण मनोरञ्जन लिएका थिए ।

‘उद्यम, कृषि पर्यटन र व्यापार, समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित शुक्रवार देखि दैलेख महोत्सब तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेला सुरु भएको हो । दैलेख सदरमुकाममा कृषि हाट बजार संचालनमा ल्याउन र दैलेखमा अत्याधुनिक सभा हल स्थापना गर्ने मुख्य उदेश्य सहित महोत्सब आयोजना गरिएको हो।

शनिवार दुर्गेशसँगै गायक धनराज चुनारा, लोकेन्द्र जीसी कुमार, रामजी दैलेखखी लगाएतको प्रस्तती रहेको थियो भने दैलेखका स्थानीय विभिन्न डान्स क्लबहरुको बेजोड प्रस्तुती रहेको थियो । दैलेख महोत्सवको दोस्रो दिन करिब ६ हजार दर्शकले अवलोकन गरेको अनुमान आयोजकले गरेको छ ।

यसै बिच महोत्सवको तेस्रो दिन आइतवार चर्चित गायक यस कुमार, डेविड शंकर, स्मृति शाही लगाएत स्थानिय कलाकारहरु को प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...