News Portal

घरबिदामा आएका भारतीय सैनिक अपहरित

हिमाली संचार संवाददाता
५३३ पटक

जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भट्ट एक महिनाको छुटि्ट लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए । शुक्रबार हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको समाचारमा उल्लेख छ ।

भारतीय अधिकारीहरुका अनुसार उनको खोजी कार्य जारी छ । यसअघि भारतीय सेनाका एक जना जवान औरंगजेब पनि घर विदामा आएको बेला अपहरणमा परेका थिए । पछि उनको शव फेला परेको थियो ।

कश्मीर क्षेत्रमा भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व छ । पाकिस्तानको संरक्षणमा रहेका आतंकवादी समूहले भारतीय सेनालाई क्षति पुर्‍याइरहेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

केही दिन अगाडि कश्मीरको पलुवा जिल्लामा आतंकवादी समूहको आक्रमणबाट भारतका ४० जना सैनिक मारिएका थिए । यसबाट भारत र पाकिस्तानबीच द्वन्द्व झन् चर्किएर लडाकु विमानबाट आक्रमणसम्मको स्थिति आएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...