News Portal

घरबिदामा आएका भारतीय सैनिक अपहरित

हिमाली संचार संवाददाता
५५५ पटक

जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भट्ट एक महिनाको छुटि्ट लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए । शुक्रबार हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको समाचारमा उल्लेख छ ।

भारतीय अधिकारीहरुका अनुसार उनको खोजी कार्य जारी छ । यसअघि भारतीय सेनाका एक जना जवान औरंगजेब पनि घर विदामा आएको बेला अपहरणमा परेका थिए । पछि उनको शव फेला परेको थियो ।

कश्मीर क्षेत्रमा भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व छ । पाकिस्तानको संरक्षणमा रहेका आतंकवादी समूहले भारतीय सेनालाई क्षति पुर्‍याइरहेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

केही दिन अगाडि कश्मीरको पलुवा जिल्लामा आतंकवादी समूहको आक्रमणबाट भारतका ४० जना सैनिक मारिएका थिए । यसबाट भारत र पाकिस्तानबीच द्वन्द्व झन् चर्किएर लडाकु विमानबाट आक्रमणसम्मको स्थिति आएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...