News Portal

  • वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट हुँदा १ जना घाइते

    हिमाली संचार संवाददाता
    ५२३ पटक

    काठमाडौं : काठमाडौको बसुन्धारामा बम बिस्फोट भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको हो । शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ ।

    आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको उनको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ। घटनास्थलमा पुगेको प्रहरीले ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको हुनसक्ने बताएको छ।

    ‘टोलभरि सुनिने गरी केही बिस्फोट भएको भन्ने छ। तर बम हो कि ग्यास प्रहरीले अनुसन्धान गरिरहेको छ,’ मेट्रोका डिआइजी शैलेश थापा क्षेत्रीले भने। बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ तर परिचय भने खुल्न सकेको छैन ।

    विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो । आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा पनि सामान्य क्षति पुगेको जनाइएको छ ।

    महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । बिस्फोट कसले र किन गरायो भन्ने विषयमा केहि जानकारी प्राप्त हुन सकेको छैन । बिस्फोटपछि अहिले घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

    केहि दिनअघि मात्रै एनसेलको मुख्यालयमा बम बिस्फोट भएको थियो । एनसेल मुख्यालयमा भएको बम बिस्फोटको जिम्मा भने विप्लव नेतृत्वको नेकपाले लिएको थियो । करछली गर्दै आएको एनसेलमाथि फागुन १० गते शुक्रबार राति नेकपाले देशभर टावरहरु ध्वस्त पारेको थियो ।

    तस्बिर : संचारकेन्द्रबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...