News Portal

कर्णालीमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट : मुख्यमन्त्री शाही

हिमाली संचार संवाददाता
४८४ पटक
कृष्ण प्रसाद अधिकारी

दुल्लु, २४ फागुन : ‘कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा कर्णाली प्रदेश सरकारले गरिसकेको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताउँनु भएको छ ।

दैलेख उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौद्धारा आयोजित दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको शुक्रवार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘संघियता फेल गर्ने, जनतामा वितिष्णा जगाउने, जनतालाई निराश जगाउन नेपालका केहि तत्वहरुले नियोजित रुपमा गलत प्रचारबाजी गरिरहेका छन्, त्यस्ता तत्वहरु माथी जनताले निगरानी राख्नुपर्छ ।

अर्को प्रशंगमा मुख्यमन्त्री शाहीले दैलेखसंगै समग्र कर्णाली प्रदेशको सम्भावनाको खोजी, अध्ययन तथा अनुसन्धान प्रदेश सरकारले गरिरहेको बताउनुभयो । ‘जनतामा तिब्र विकासको आशा छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो – ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, संचार लगाएतका सेवा सुविधाहरु जनता माझ पु¥याउने जिम्मेवारी राज्यको हो, सोहि अनुरुप राज्य लागिपरेको छ ।

कम्युनिष्ट सरकार कानमा तेल हालेर नबसेको बताउँदै मुख्यमन्त्री शाहीले सरकार मुलुकका सबै नागरिकको स्थायी खुसीका लागि आर्थीक, सामाजिक तथा भौतीक विकासमा लागि रातदिन नभनी काम गरिरहेको बताउनुभयो । कम्युनिष्ट सरकारले जनताको अपेक्षा अनुसारको विकास, सुशासन र समृद्धि ल्याउने गरि काम गरिरहेको मुख्यमन्त्री शाहीले दावी गर्नुभयो ।

‘कोकाकोला विक्री गरेर बाणिज्य क्षेत्रको विकास हुँदैन्,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ‘बहुराष्ट्रिय विदेशी कम्पनीहरुमा उत्पादित सामग्री ल्याउने, प्रर्दशन गर्ने र विक्री गर्ने उदेश्यले संचालन गरिने मेला महोत्सबहरु प्रतिबन्ध लगाउनुपर्छ ।’ स्थानीय कला संस्कृति र संस्कार जगेर्ना गर्न तर्फ मेला महोत्सबहरु केन्द्रित हुनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग तत्काल संचालनमा ल्याउन प्रदेश सरकारले पहल थालेको बताउनुभयो ।

दैलेखको पञ्चकोशी बृहत गुरुयोजना बनाउनुका साथै दैलेखको गढी र दुल्लु क्षेत्रको धार्मीक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने उहाँको भनाई छ । कर्णाली प्रदेश सरकारले निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण बनाउन विशेष तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा कर्णाली प्रदेश सरकारले गरिसकेको छ ।

दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले मुलुकको विकास समृद्धिको लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जिल्लामा हाट बजार संचालन, अत्याधुनिक सभा हल र लोप हुँदै गएको लोक संस्कृति बचाउन महोत्सब संचालन गरिएकाले सबैको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

‘उद्यम, कृषि, पर्यटन र व्यापार ः समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित आयोजना गरिएको मेला चैत्र ४ गते सम्म संचालन हुने संघका महासचिव राजेश कुमार हमालले जानकारी दिनुभयो । दैलेख सदरमुकाममा कृषि हाट बजार संचालनमा ल्याउन र दैलेखमा अत्याधुनिक सभा हल स्थापना गर्ने मुख्य उदेश्य सहित मेला आयोजना गरिएको संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउनुभयो ।

दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के, कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा.पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेश सांसद धर्मराज रेग्मी, अमर बहादुर थापा, दान सिंह परियार, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही लगायतका सहभागि थिए ।

महोत्सब उद्घाटन हुनु अघि विभिन्न झाँकी, पंचेबाजा, ढालतरवार नाँच, मारुनी, लाखे नाच सहित ¥याली निकालिएको थियो । सोहि अबसरमा दैलेख उद्योग बाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्द्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष पञ्चकोशी एकिकृत विकास कोष स्थापना गर्नुपर्ने, दैलेख सुर्खेत सडकखण्डलाई दुई लेनको बनाउनु पर्ने, मध्यपहाडी लोकमार्ग यथाशिघ्र संचालनमा ल्याउनु पर्ने माग राखेका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...