News Portal

  • कर्णालीमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट : मुख्यमन्त्री शाही

    हिमाली संचार संवाददाता
    ४१६ पटक
    कृष्ण प्रसाद अधिकारी

    दुल्लु, २४ फागुन : ‘कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा कर्णाली प्रदेश सरकारले गरिसकेको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताउँनु भएको छ ।

    दैलेख उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौद्धारा आयोजित दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको शुक्रवार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘संघियता फेल गर्ने, जनतामा वितिष्णा जगाउने, जनतालाई निराश जगाउन नेपालका केहि तत्वहरुले नियोजित रुपमा गलत प्रचारबाजी गरिरहेका छन्, त्यस्ता तत्वहरु माथी जनताले निगरानी राख्नुपर्छ ।

    अर्को प्रशंगमा मुख्यमन्त्री शाहीले दैलेखसंगै समग्र कर्णाली प्रदेशको सम्भावनाको खोजी, अध्ययन तथा अनुसन्धान प्रदेश सरकारले गरिरहेको बताउनुभयो । ‘जनतामा तिब्र विकासको आशा छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो – ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, संचार लगाएतका सेवा सुविधाहरु जनता माझ पु¥याउने जिम्मेवारी राज्यको हो, सोहि अनुरुप राज्य लागिपरेको छ ।

    कम्युनिष्ट सरकार कानमा तेल हालेर नबसेको बताउँदै मुख्यमन्त्री शाहीले सरकार मुलुकका सबै नागरिकको स्थायी खुसीका लागि आर्थीक, सामाजिक तथा भौतीक विकासमा लागि रातदिन नभनी काम गरिरहेको बताउनुभयो । कम्युनिष्ट सरकारले जनताको अपेक्षा अनुसारको विकास, सुशासन र समृद्धि ल्याउने गरि काम गरिरहेको मुख्यमन्त्री शाहीले दावी गर्नुभयो ।

    ‘कोकाकोला विक्री गरेर बाणिज्य क्षेत्रको विकास हुँदैन्,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ‘बहुराष्ट्रिय विदेशी कम्पनीहरुमा उत्पादित सामग्री ल्याउने, प्रर्दशन गर्ने र विक्री गर्ने उदेश्यले संचालन गरिने मेला महोत्सबहरु प्रतिबन्ध लगाउनुपर्छ ।’ स्थानीय कला संस्कृति र संस्कार जगेर्ना गर्न तर्फ मेला महोत्सबहरु केन्द्रित हुनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग तत्काल संचालनमा ल्याउन प्रदेश सरकारले पहल थालेको बताउनुभयो ।

    दैलेखको पञ्चकोशी बृहत गुरुयोजना बनाउनुका साथै दैलेखको गढी र दुल्लु क्षेत्रको धार्मीक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने उहाँको भनाई छ । कर्णाली प्रदेश सरकारले निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण बनाउन विशेष तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा कर्णाली प्रदेश सरकारले गरिसकेको छ ।

    दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले मुलुकको विकास समृद्धिको लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जिल्लामा हाट बजार संचालन, अत्याधुनिक सभा हल र लोप हुँदै गएको लोक संस्कृति बचाउन महोत्सब संचालन गरिएकाले सबैको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

    ‘उद्यम, कृषि, पर्यटन र व्यापार ः समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित आयोजना गरिएको मेला चैत्र ४ गते सम्म संचालन हुने संघका महासचिव राजेश कुमार हमालले जानकारी दिनुभयो । दैलेख सदरमुकाममा कृषि हाट बजार संचालनमा ल्याउन र दैलेखमा अत्याधुनिक सभा हल स्थापना गर्ने मुख्य उदेश्य सहित मेला आयोजना गरिएको संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउनुभयो ।

    दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के, कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा.पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेश सांसद धर्मराज रेग्मी, अमर बहादुर थापा, दान सिंह परियार, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही लगायतका सहभागि थिए ।

    महोत्सब उद्घाटन हुनु अघि विभिन्न झाँकी, पंचेबाजा, ढालतरवार नाँच, मारुनी, लाखे नाच सहित ¥याली निकालिएको थियो । सोहि अबसरमा दैलेख उद्योग बाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्द्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष पञ्चकोशी एकिकृत विकास कोष स्थापना गर्नुपर्ने, दैलेख सुर्खेत सडकखण्डलाई दुई लेनको बनाउनु पर्ने, मध्यपहाडी लोकमार्ग यथाशिघ्र संचालनमा ल्याउनु पर्ने माग राखेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...