News Portal

  • मौलिक तीज गीतको स्वाद”झुम झुम झुम्काना कानैको” साथमा गायिका मन्जु गौतम बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७१५ पटक

    राजु बोहरा–काठमाडौँ । मौलिक तीज गीत हरायो, अब रत्यौलीमा प्रयोग गर्ने भाकाहरु मात्र तीज गीतको नाममा बजारमा आउन थाले भन्ने सबैको गुनासो आइरहेको बेला, पछिल्लो पटक नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिकता भित्र आधारित तीज गीतहरु बजारमा ल्याउन थालेका छन् ।

    सोहि क्रममा बिगत निकै लामो समय यता देखि, यसै क्षेत्रमा क्रियासिल लोकप्रिय गायिका मन्जु गौतमले पनि आफ्ना सम्पूर्ण श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै एक तीज गीत सार्बजनिक गर्न भ्याएकी छिन् । बिभिन्न स्टेज कार्यक्रम तथा तयारी लोक तथा दोहोरी गीतहरु बाट लोकप्रियता बटुल्न सफल उनको यो तीज गीत “झुम झुम झुम्काना कानैको” बोलको रहेको छ ।

    नेपाली गीत संगीतको धरासाही बजार र कुनै पनि गीत तयार गरेर कम्पनीलाई जिम्मा लगाए पछी हात लाग्यो सुन्य हुने भए पछी, गायिका मन्जुले यस गीतलाई आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन् । गत दिनका प्रस्तुति हरुलाई जे जसरी मन पराइदिनु भयो, उसै गरेर यस तीज गीतलाई पनि पनि पराएर सबैले सबै माझ पुर्याउन सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा उनि ढुक्क रहेकी छिन् । मन्जु गौतम द्वारा स्वर बद्ध “झुम झुम झुम्काना कानैमा” बोलको गीतलाई लय नरहरी प्रेमीले तयार पारेका हुन् भने शब्द माधब भण्डारीको रहेको छ ।

    सम्पूर्ण हिन्दु नेपाली नारीहरुलाई हरितालिका तीज २०७५ सालको शुभकामना सहित तीजकै बहानामा यस गीतको माधुर्यता बाट बर्षभरिको थकान मेटाउने एक माध्यम होस् भन्दै बजारमा पठाईएको यस गीतको म्युजिक भिडियोमा आकर्षक नृत्यको साथमा सुष्मिता कार्की र आयुष्मा कार्की देखिएकी छिन् । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गीत संग सम्बधित सम्पूर्ण कलाकारहरुमा सफलता शुभकामना ब्यक्त गर्दछौं ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...