News Portal

नारी दिवसको अवसरमा महिला सञ्जालद्वारा बजार परिक्रमा

हिमाली संचार संवाददाता
४८३ पटक
दुर्गा वि.सी. सल्लिबजार

२४, फाल्गुण : सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा भव्यरुपमा नारी दिवस मनाइएको छ । बनगाड कुपिण्डे नगर कार्यापालिकाको आयोजनामा नगर कार्यलय देखि महिला सञ्जालको र्‍यालीले बजार परिक्रमा गरेको थिए । बजार परिक्रम पछि सल्लीवजारमा कोण सभाको आयोजना गरिएको थियो।

र्‍यालीमा लैङगिक विभेद अन्त्य,घरेलु हिंसा,राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच,समान अधिकार, पितृसत्तामक सोच र महिला अधिकार सुनिश्चितता जस्ता नारा लगाएको थियो । कार्यक्रम वोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले समाजमा महिलामा हुने हिंसा अन्त्य नहुदाँ सम्म समाज विकासको परिकल्पना गर्न नसक्ने वताउनु भयो ।

नारीले नारीलाई गर्ने थिचोमिचो,पुरुषले महिला माथि हेर्ने दुष्टिकोण र केहि महिलाले पुरुष माथि हेप्ने शैलीको परिपाटिले गर्दा समाजमा हिंसाले प्रसय पाएको उहाँको जोड थियो । यस्ता खाले सवै विकृति अन्त्य नहुदाँ सम्म सधै समस्या आई पर्ने जनाएको थियो ।

कोण सभामा महिला सञ्जालकि अध्यक्ष रिता वली, जिल्ला समन्वय समिती सल्यानकी सदस्य आशा वली लगाएतले धारणा राख्नु भएको थियो। नगर प्रमुख उप मेयरको अध्यक्षतामा भएको कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाकी महिला तथा वालवालीका शाखा प्रमुख लक्ष्मी शाहीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

त्यसैगरी सुर्खेतको सिम्ता क्षेत्रमा पनि र्याली कोण सभा लगाएतका कार्यक्रम गरि नारि दिवस मनाएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नारि दिवस मनाउनका लागि थुप्रै संस्थाका महिला महिला प्रतिनिधी, स्थानीय महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11001

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...