News Portal

नारी दिवसको अवसरमा महिला सञ्जालद्वारा बजार परिक्रमा

हिमाली संचार संवाददाता
५२४ पटक
दुर्गा वि.सी. सल्लिबजार

२४, फाल्गुण : सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा भव्यरुपमा नारी दिवस मनाइएको छ । बनगाड कुपिण्डे नगर कार्यापालिकाको आयोजनामा नगर कार्यलय देखि महिला सञ्जालको र्‍यालीले बजार परिक्रमा गरेको थिए । बजार परिक्रम पछि सल्लीवजारमा कोण सभाको आयोजना गरिएको थियो।

र्‍यालीमा लैङगिक विभेद अन्त्य,घरेलु हिंसा,राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच,समान अधिकार, पितृसत्तामक सोच र महिला अधिकार सुनिश्चितता जस्ता नारा लगाएको थियो । कार्यक्रम वोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले समाजमा महिलामा हुने हिंसा अन्त्य नहुदाँ सम्म समाज विकासको परिकल्पना गर्न नसक्ने वताउनु भयो ।

नारीले नारीलाई गर्ने थिचोमिचो,पुरुषले महिला माथि हेर्ने दुष्टिकोण र केहि महिलाले पुरुष माथि हेप्ने शैलीको परिपाटिले गर्दा समाजमा हिंसाले प्रसय पाएको उहाँको जोड थियो । यस्ता खाले सवै विकृति अन्त्य नहुदाँ सम्म सधै समस्या आई पर्ने जनाएको थियो ।

कोण सभामा महिला सञ्जालकि अध्यक्ष रिता वली, जिल्ला समन्वय समिती सल्यानकी सदस्य आशा वली लगाएतले धारणा राख्नु भएको थियो। नगर प्रमुख उप मेयरको अध्यक्षतामा भएको कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाकी महिला तथा वालवालीका शाखा प्रमुख लक्ष्मी शाहीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

त्यसैगरी सुर्खेतको सिम्ता क्षेत्रमा पनि र्याली कोण सभा लगाएतका कार्यक्रम गरि नारि दिवस मनाएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नारि दिवस मनाउनका लागि थुप्रै संस्थाका महिला महिला प्रतिनिधी, स्थानीय महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11001

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...