News Portal

मुख्यमन्त्रीले नाटकघर निर्माण गर्छु भन्न सक्नुभएन : रक्षामन्त्री पोखरेल  

हिमाली संचार संवाददाता
४८५ पटक
सुशिल सिंह

फाल्गुन २४, सुर्खेत : उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सरकारको तर्फबाट कर्णालीमा एउटा नाटक घर निर्माण गर्छू भन्न नसकेको बताएका छन् । बिहिबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रारा राष्ट्रिय नाटक महोत्सव को उद्धघाटन गर्दै रक्षा मन्त्री पोखरेलले यस्तो बताएका हुन ।

उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री तर्फ फर्केर भने, मुख्यमन्त्री ज्यूले कर्णालीमा एउटा नाटक घर निर्माण गर्ने प्रतिबद्धता गर्नुहोस भन्दा गर्न सक्नुभएन । उनले मुख्यमन्त्री शाहीले अहिले भन्न नसके पनी कर्णाली प्रदेश सरकारले अबस्य पनी एउटा नाटक घरको निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी मन्त्री पोखरेलले कर्णाली प्रदेशमा एउटा नाटक घर बनाउनको लागी संघको भर पर्नु नपर्ने बताए । उनले भने, कर्णाली प्रदेशले नाटक घर बनाउन संघको भर पर्नु पर्दैन , प्रदेश सरकारले नै गर्न सक्छ । नाटक जीवनका सबै पक्षलाई प्रस्तुत गर्न सक्ने थलो हो । र नाटक एक समाजको ऐना भएकाले नाटक मञ्चन गर्ने रंगकर्मीहरुले समाजका रहेक गतिबिधिलाई पनी नाटक मार्फत प्रस्तुत गर्न उनीले अनुरोध गरे ।

यस्तै, देशमा आर्थिक समृद्धिका लागि सबै क्षेत्रका नागरिक संगठित हुनुपर्ने उनको भनाइ थियो । सरकारले आधार तयार गरिरहेकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई साकार पार्न सबै नागरिकहरु अभियानमा सरिक हुनुपर्ने बताए ।

सरकारले घोषणा गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा कुनै भाषण नभएको बताउँदै नारालाई पुरा हुनका लागि आत्मनिर्भरता, उत्पादन, स्वरोजगार र आर्थिक विकास हुने स्पष्ट पारे । भाषण गरेजस्तो एकैपटक परिवर्तन सम्भव नहुने उनको भनाई छ। ‘परिवर्तनहरु विस्तारै देख्न सकिन्छ’ उनले भने, ‘समृद्धिका लागि सबैले सकारात्मक सोचका साथ अभियानमा सरिक भएमा परिवर्तन आफै देख्नुहुनेछ ।

महोत्सव उद्घाटनमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघले प्रदेशलाई अधिकार नदिएको गुनासो गरे । रक्षामन्त्री पोखरेललाई उनले सबै तर्फबाट कर्णाली प्रति सहानुभुति भइरहेका बेला संघबाट नहुनु दुःख भएको सुनाए । संघिय सरकारले बिनियोजन गरेको बजेट अभावको कारण बिकास गर्न नसकिएको भन्दै संघिय सरकारले बजेटको ब्यबस्थापन गर्न ध्यानआर्कषण गरे ।

कला र संस्कृतिको उद्गम कर्णालीमा पहिलोपटक भएको महोत्सवमा सहभागी रंगकर्मीहरुलाई मुख्यमन्त्री शाहीले आवश्यक सहयोग गर्नका लागि आफु तयार रहेको प्रतिबद्धता जनाए ।

यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले कर्णाली प्रदेश नेपाली खस भाषाको उदगम थलो भएकाले यहाँको कलाँ, सस्कृतिलाई प्रबद्धन गर्न जरुरी रहेको बताए। उहाँको कला सस्कृतिलाई जोगाउनको लागी कर्णाली प्रदेश सरकार लागी परेको उनको भनाइ रहेको छ ।

नाटक महोत्सवका संयोजक तथा बरिष्ठ रंगकर्मी प्रभाकर शर्माले प्रदेश सरकारले नाटकघरको निर्माण गर्न नसके पनी हामी आफै एउटा नाटक घरको निर्माण गर्न सक्ने बताए । २९ गतेसम्म संचालन हुने महोत्सवमा १३ नाटक मञ्चन हुने संयोजक रंगकर्मी शर्माले जानकारी दिए । एक प्रदेशबाट दुई÷दुई वटा नाटक मञ्चन हुनेछन् । बिहीबार पहिलो दिन आरङ्ग नेपालको तर्फबाट मुसलपर्व मञ्चन भएको छ ।

सांस्कृतिक संस्थान र आरङ्ग नेपाल सुर्खेतले आयोजना गरेको रारा राष्ट्रिय नाटक महोत्सव फागुन २९ गतेसम्म सञ्चालन हुने छ । संघीय राजधानी बाहिर पहिलो पटक कर्णालीमा नाटक महोत्सव भएको भन्दै यसले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीको अभियानमा सहयोग पु¥याउने आरंङ्ग नेपाल सुर्खेतका अध्यक्ष गणेश भक्त गौतमले बताए ।

महोत्सवका लागि विभिन्न जिल्लाका मुसल पर्व, आरन, छाउ, म पहिलो सन्तान किसान जन्माउँछु, आमाको सपना, दहेज आ दारु, श्रीमान् वीरबहादुर, जिउँदो आकाश, फड्को, नौगेडि लगायतका नाटक प्रस्तुत गरिने गौतमले बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...