News Portal

  • प्रचण्ड भन्छन – अहिले जस्तो राजनीतिक स्थिरता सधैं पाइँदैन !

    हिमाली संचार संवाददाता
    ३५२ पटक

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताएका छन् । अहिलेको जस्तो अवसर अवसर सँधै पाइँदैन । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको छ’, प्रचण्डले अगाडि भने, ‘जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकासलाई, शुसासनलाई, संस्कारलाई गति दिने दाइत्व हाम्रो काँधमा छ ।’

    नेकपाले शुक्रवार काठमाडौंमा गरेको दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरू र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा आयोजित श्रदाञ्जली सभामा अध्यक्ष प्रचण्डले  इतिहासमा सबैले गरेको योगदानलाई कदर गर्ने गरी जनअपेक्षाअनुसार छिटो छिटो आर्थिक विकास र सुशासन दिन सक्नुपर्ने बताए । त्यसका लागि अहिले उपयुक्त वातावरण रहेको उनको भनाइ थियो ।

    आर्थिक विकास र समृतिका लागि प्रकृतिक साधन स्रोत, मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टि सम्पन्न भएपनि पछिल्लो समयमा नेपाल परनिर्भर हुँदै गएकोले पनि त्यसलाई रोक्न सबैले नयाँ संकल्प गरेर आर्थिक विकास र सुशासनमा केन्द्रित हुनुपर्ने उनले बताए ।

    ‘नेपाल साह्रै सुन्दर देश छ । यो प्रकृतिक साधन स्रोतले नि सम्पन्न छ । मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टिले पनि जन्म लिएकै थलो हो’, प्रचण्डले भने , ‘तर, केही समय यता हामी पछि पर्दै, परनिर्भर हुँदै गएका छौं । थुप्रै नकारात्क कुराको उदाहरण देखिराखेका छौं ।

    अध्यक्ष प्रचण्डले दिवंगत नेताहरूलाई सम्झँदै शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए । ‘दिवंगत व्यक्तित्वहरुका र पार्टीका नेताहरुका परिवारका सदस्यहरुलाई विशेषरुपले पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु । तपाईंहरुले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनैपर्छ । आम नेपालीले तिखो आँखाले हेरिराखेका छन । महान व्यक्तित्वका परिवारले अब के गर्ला, कसरी अगाडि बढ्लान, दिवंगत भएकाहरुको सपना पुरा गर्न कस्तो योगदान गर्लान भनेर …’ उनले भने ।

    फागुन महिना श्रदाञ्जलि सभामा विताए जस्तो हुन गयो !

    अध्यक्ष प्रचण्डले फागुन महिना श्रदाञ्जलि समाभा नै विताए जस्तो हुन गएको बताए। फागुन महिना धेरै जसो श्रदाञ्जली सभामा नै बिताए जस्तो हुन गएको छ र आज बिहान मात्रै पनि फेरि एकजना जिम्मेवार नेता गणेश पण्डितलाई पनि श्रदाञ्जलि व्यक्त गर्यौं’, उनले भने, ‘सुखानी गएर पनि श्रज्ञान्जली व्यक्त गर्यौं। फागुन १ गते पनि सहिदप्रति श्रद्धान्जली व्यक्त गर्यौं ।

    पार्टीले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले क्षेतीपुर्ति गर्न दिवंगत भएकाहरुको सपना पुरा गर्न सबैले नयाँ संकल्प गर्नुपर्ने उल्लेख गरे। पीडालाई/शोकलाई शक्तिमा बदलेर एउटा ताकतमा बदल्न सक्छौं । रोयर मात्रै पिडा मात्रै व्यक्त गरेर बस्न हुँदैन । बस्न सकिँदैन । नयाँ संकल्प गर्ने र दिवंगत भएकाहरुको सपना पुरा गर्ने संकल्प गर्ने हो,’ उनले भने ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...