News Portal

एक सातादेखि वेपत्ता प्रहरी जवान घर्ती मृत फेला

हिमाली संचार संवाददाता
६२० पटक

तनहुँ : एक सातादेखि वेपत्ता एक प्रहरी मादी नदीमा मृत अवस्थामा भेटिएको थाहाखबरले जनाएको छ। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्युठान घर भएका २० वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगरको खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मगरको कुरिनटारबाट आएको शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गोथाखोर टोलीले खोजी गर्ने क्रममा चौकी नजिकै रहेको नदीको रहमा ढुंगाको खोचमा मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

पोखराबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर प्रहरीको टोलीले सम्भावित क्षेत्रहरुमा खोजी गर्दा पनि पत्ता लगाउन सकेको थिएन,’ उनले भने ‘कुरिनटारबाट आएका सशस्त्र प्रहरीको उद्धार टोलीले नदीको खोँचमा शव भेटाएको हो।

फागुन १५ गते राति १० वजे ड्युटी सकेर चौकीका घरधनी शैलेन्द्र घिमिरेसँग निस्केका प्रहरी जवान मगर एक्कासी वेपत्ता भएका थिए। घिमिरे घर फर्केर आए पनि प्रहरी जवान मगर वेपत्ता भएका थिए। घटना शङ्कास्पद भएकाले घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...