News Portal

दोहोरो वृद्धभत्ता लिने नरपति र पवित्रा भट्टराईको तीन वटा कागजमा फरक फरक जन्ममिति

हिमाली संचार संवाददाता
४५६ पटक

मोरङको मिक्लाजुङ –३ र उर्लाबारी ४ बाट कागजपत्र मिलाएर दोहोरो वृद्धभत्ता लिने नरपति भट्टराई र पवित्रा भट्टराईको तीन वटा कागजमा फरक फरक जन्म मिति भएको भेटिएको छ ।

सामाजिक सुरक्षा भत्ता अन्तरगत सरकारले ७० वर्ष माथिका वृद्ध–वृद्धाहरूलाई मासिक २ हजार रुपियाँ प्रदान गर्दै आएको छ । कतिपय वृद्ध–वृद्धाले पहुँच नपुगेकै कारण नागरिकता निकाल्न सकेका छैनन् तर भट्टराई दम्पतिले राजनीतिक पहुँच कै भरमा अलग अलग जन्म मिति राखेर दोहोरो वृद्ध लिइरहेका छन् ।

हामीलाई प्राप्त जानकारी अनुसार तत्कालिन उर्लाबारी गाविसमा ०६६ साउन ७ गते १६५ नम्वरमा दर्ता भएको बसाई सराईमा नरपति भट्टराईको जन्म मिति १९९९ र पवित्रा भट्टराईको २००१ उल्लेख छ ।

(हेर्नुहोस फोटो)

उर्लाबारीमा बसाई सरी आए पनि त्यो अभिलेख साविकको टाँडी गाविसमा पुगेन । त्यसैले भट्टराई दम्पति टाँडीबाट वृद्ध लिन योग्य देखिए ।

तर,उर्लाबारी नगरपालिकाको वडा नं .४ बाट भत्ता लिएको सरकारी कागजमा नरपति भट्टराईको जन्म मिति १९९९ चैत ३० र पवित्रा भट्टराईको जन्म मिति २००० चैत ३० गते रहेको छ ।

(हेर्नुस फोटो)

उर्लाबारीबाट भत्ता लिने कागजातमा पवित्रा १ वर्ष जेठी भएकी छिन् । यता निर्वाचन आयोगको मतदाता नामावलीमा नरपतिको जन्म मिति १९९९फागुन २६ गते रहेको छ भने पवित्राको जन्ममिति २००० फागुन २६ गते रहेको छ ।

तीन वटा सरकारी कागजातमा तीन खाले विवरण बनाएर दोहोरो भत्ता लिने भट्टराई दम्पति हाल उर्लाबारी ४ मा बस्दै आएका छन् ।

समाचार स्रोतका अनुसार नरपति तत्कालिन टाँडी –८ बाट नेकपा एमालेको वडाध्यक्षको उम्मेद्वार थिए । भट्टराई र तत्कालिन गाविसका खरिदार तेजनाथ घिमिरेको मिलेमतोमा भट्टराई दम्पति बसाई सराई उर्लाबारीबाट भराएर पनि टाँडीबाट भत्ताको कागजात बनाउन सफल भएका थिए ।घिमिरे कै बलमा भट्टराई दम्पतिले हाल सम्म भत्ता लिइरहेको स्थानीयको भनाई छ ।

अझ रोचक पक्ष त भट्टराई दम्पतिले मिक्लाजुङ –३ बाट आफ्ना नातिलाई भत्ता लिन लगाएको बुझिएको छ । समाचार स्रोत भन्छ – भट्टराई दम्पति उति साह्रो वृद्ध होइनन् । तर पनि ज्वाई नाता पर्ने गणेश आचार्य मार्फत उहाँहरूको भत्ता बुझिदै आएको बताइन्छ । स्रोतले भन्यो–गणेश आचार्य भन्दा पनि उनका छोरा वृद्ध भन्दा बुझ्न वडा कार्यलय पुग्ने गरेको प्रत्यक्षदर्शीले बताए ।

उर्लाबारी ४ मा आलिसान महल बनाएर बसेका भट्टराई दम्पतिले पहिलो पटक मिडियामा समाचार आए लगत्तै पैसा फिर्ता गर्नु पर्ने जानकारहरू बताउँछन् । तर उनीहरूले राजनीतिक शक्ति दुरुपयोग गरी पैसा पचाउने चेष्टा गरेपछि यतिबेला उर्लाबारी र मिक्लाजुङका सर्वसाधरण चकित भएका छन् ।

दुई तिरबाट भत्ता लिएको देखिएपछि यस अघि नै केही सामाजिक अगुवाले गोप्य रुपमा भत्ता फर्काउन अनुरोध गरेको बुझिएको छ । तर, नेकपाको राजनीतिमा चल्ती फिर्ति रहेका भट्टराईका छोरा नातिहरूले राजनीतिक हिसावले नि समस्या समाधान तिर लागेपछि केहीले यो विषयलाई अख्तियार सम्म पु¥याउने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...