News Portal

”मौका यहि हो”

हिमाली संचार संवाददाता
५८६ पटक

              – तपिकुमार सिँह ठकुरी

पेवा बनायौ देश
जे जे गर्नु छ गर,
बाँच तिमी मात्र
अरु सबै मर…!
अाचिमाथि माखो झै
रनभुल्ल परे चुस,
अर्को पालि के हो के
यहि हो मौका बेस्सरी ढुस…!
माकुरी झै जाल बुनि
गरिब पार्दै गर,
नदेउ पलाउन कोहि
निमोठि निमोठि मार्ने गर…!
जनसासन को ऐना देखाइ
जनमाँसनको खेति गरयौ,
जाँनि सक्यौ अब हामीले
बस् तिमिले त यति गरयौ…!
झुटको बिउँ छरि
लुटको फसल कमायौ,
माछी भागुति खेलाउदै
जम्मै माछी समायौ…!
लुछ नयाँ नयाँ बहाना बनाई
मौका यहि हो दुई हातले,
खुट्टा पनि सक्छौ भने
अझै चेपेर दाँतले…!
पेवा बनायौ देश
जे जे गर्नु छ गर,
बाँच तिमी मात्र
अरु सबै मर…!

– सिम्ता गाउँपालिका -४ पिल्क, सुर्खेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...