News Portal

  • नेपाली सेनाको प्रमुख सुवेदारमा चौधरी छनोट

    हिमाली संचार संवाददाता
    ४६० पटक

    काठमाडौँ : नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट गरेको छ। मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार मनोजकुमार चौधरी उक्त पदमा छनोट हुनुभएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए।

    प्रधानसेनापतिको कार्यालयमा रही पदिक र तल्लो तहका सकल दर्जाका हक, हितका लागि सरसल्लाह गरेर सेनाप्रमुख समक्ष सिधै जानकारी गराउन सक्ने अधिकार रहको उक्त पद सेनाभित्र निकै महत्वपूर्ण मानिन्छ।

    यसअघि प्रधानसेनापतिले आफूले कमाण्ड गरेको पल्टन वा आफूले चाहेको व्यक्तिलाई जङगी अड्डाको सुवेदार–मेजरमा ल्याउने चलन रही आएको थियो। पदिकदेखि तल्लो तहसम्मका सकल दर्जाको खटन/पटनदेखि आर्थिक व्यवस्थापनसमेत रहने सुवेदार–मेजरलाई सेनाभित्र निकै जिम्मेवारीको पद मानिन्छ।

    आफूभन्दा माथिल्लो तहमा रहेपनि सहायक सेनानीदेखि गणपतिसम्मलाई आवश्यक सरसल्लाहसहित अनुशासन र सैनिक आचरणमा रहन प्रेरित गर्ने जिम्मेवारीसमेत रहने हुनाले तल्लो तहमा भर्ना भएका प्रत्येक सैनिकले कम्तिमा पनि सुवेदार–मेजर हुने आकाङ्क्षा राख्ने गरेका छन्।

    नेपाली सेनामा तालीम, बढुवा, जिम्मेवारीलाई बस्तुनिष्ट र पारदर्शी तुल्याउने क्रममा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट भएको प्रवक्ता ढकालले जानकारी दिए। – रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...