News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज शिवरात्री दिवस : २०७५ साल फागुन २० गते, सन् २०१९ मार्च ४ तारिख सोमबारको राशिफल

    हिमाली संचार संवाददाता
    ३८२ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न निकै श्रम गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ। नयाँ काममा शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    लगनशील कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। व्यावसायिक काममा आम्दानी बढ्नेछ। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले समस्या निम्त्याउन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। अध्ययन, लेखन तथा साहित्यमा अभिरुचि बढ्नेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ। दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला। व्यावसायिक काममा भने राम्रै लाभ उठाउन सकिनेछ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    वचनले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। साहित्य विनोदमा मन केन्द्रित हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। तर बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आकर्षक उपहारले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने मौका छ। बिछोडिएका आफन्तहरू नजिकिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पहिलेको सफलताले पनि थप काममा हौसला प्रदान गर्नेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    आफ्नाबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिएला।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ। साँझदेखि खर्च बढ्न सक्छ।

    प्रतिकृया दिनुहोस्

    नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : १३ विद्यार्थी संगठनको सहभागिता

    काठमाडौं, वैशाख ८ — राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज...

    ८ वटा संघीय अस्पतालमा वैशाखभित्रै थपिँदैछ १५ स्वास्थ्य सेवा

    काठमाडौं, वैशाख ८ – देशभरका संघीय अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारको क्रम जारी छ। यही वैशाख...

    रतुवामाईको कोल्ड स्टोर सञ्चालनमा आएन

    मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर...

    आजको राशिफल

    आज वैशाख ८, २०८२ (अप्रिल २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...